नक्कली सर्टिफिकेट बनाएको कसुरमा पक्राउ परेका राहरिप्रसाद कँडेल जेल चलान

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपाका नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल चलान भएका छन् ।

रुपन्देही जिल्ला अदालतले कँडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । कालिका-५, चितवनका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो ।

उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका थिए । भारतका अभिषेक यादवसँग बेलहिया बसपार्कस्थित होटल परिसरमा ठूलो मात्रामा नक्कली प्रमाणपत्र बरामद भएपछि उनको बयानका आधारमा कँडेल पक्राउ परेका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.