चौपाया व्यवस्थापनको नाममा पशु अत्याचार : प्रख्यात बन्जाडे

पौष २१ ।बुटवल

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका भैरहवामा सडकका छाडा पशु व्यवस्थापनको नाममा पशुमाथि निर्मम व्यवहार नगर प्रहरीले देखाएको छ। भैरहवाको सडकमा छाडा पशुलाई नगर प्रहरीले नगरकै ट्रक पछाडी रस्सिले बाधेर घिसार्दै लगेको हो। रस्सीले गाई-गोरूलाई ट्रक पछाडी बाँधेर घिसार्दै लगिएका फोटा तथा भिडीयो सार्वजनिक भएसँगै नगरपालिकाको निकै आलोचना भइरहेको छ।

छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै स्थानीयले विरोध समेत गरेका छन्। सामाजिक अभियान्ता एवं अधिवक्ता प्रख्यात बन्जाडेले पशु चौपाया नियन्त्रणको नाममा पशु अत्याचार भएको तथा यातना दिएको बताए। प्रख्यात भन्छन, पशु अस्पताल बाट डाक्टर बोलाएर बेहोस गराएर गाडिमा सुरक्षित लैजान सकिन्थ्यो। यस्तो निर्मम व्यवहार र पशु यातनाको विरोधमा बिहीबार नगरपालिकामा ज्ञापन पत्र बुझाउने बन्जाडेले बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.