४४ जना डिएसपी को लागि १४६ जना ईन्स्पेक्टरहरु प्रतिस्पर्धामा

नेपाल प्रहरीको २०७० सालमा ईन्स्पेक्टरमा भर्ना भएका PGDPS-7 |Batch-158th का १४६ जना ईन्स्पेक्टरहरु डिएसपी बढुवाको लागि प्रतिस्पर्धामा छन् । भर्ना हुँदा सो टोलीमा कुल १४८ जना ईन्स्पेक्टरहरु रहेका थिए। तर सो टोली मद्ये २ जना ईन्स्पेक्टरहरु सेवामा छैनन् जसमा तुलसा खतिवडा र नविन श्रेष्ठ रहेका छन। तुलसा खतिवडा UN मा सेवारत छिन भने नविन श्रेष्ठको जीप दुर्घटनामा मृत्यु भएको थियो।

गत साउनदेखि नै डिएसपीको पद रिक्त भएतापनि ठुलो टोली भएकाले बढुवा नगरी रिक्त राखिएको थियो । गत हप्ता डिएसपी बाट एसपीको बढुवाको लागि २२ जना सिफारिस भएसँगै ईन्स्पेक्टर बाट डिएसपीको बढुवा जेष्ठ दोस्रो हप्ता सम्म गर्नैपर्ने अवस्था देखिन्छ। करिब १० वर्ष ईन्स्पेक्टर पदमा रहि सेवा गरेको अनुभव र व्यवसायिक छवि बनाएका जम्बो टोलि १४६ जना बाट जम्मा ४४ जनाको पदपुर्ति गर्न त्यति सहज भने पक्कै छैन।

राजनैतिक हस्तक्षेपका कारण बिगतका सरुवा बढुवामा प्राय जसो विवादित विषय बन्न पुगेको र राजनैतिक शक्ति केन्द्र प्रहरी संगठनमा हावी हुँदा झन जटिल हुने समेत देखिन्छ। सरकारको अनुभूति गराउने पहिलो निकायको रुपमा चिनिने संस्था नेपाल प्रहरी रहेको हुँदा शक्ति केन्द्रको चासो अलि बढि देखिन्छ। बढुवा वा सरुवा गर्दा कानून बमोजिम सुक्ष्म मुल्यांकन गरि हरेक मापदण्डलाई अपनाउदै बरियता, विभिन्न तालिम, शैक्षिक योग्यता, तालिमको प्राप्तांक, कार्य क्षमता, विवादरहित सेवा, विभागिय कारवाहीमा न परेको, कुशल नेतृत्व क्षमता आदिलाई अबलम्बन गर्ने गरिन्छ।

वर्तमान आइजिपी नै गत वर्ष एसएसपीबाट डिआइजी हुँदा १३ बाट १ नम्बरमा बढुवा भएका थिए, एक प्रहरी अधिकारी भन्छन्,‘सायदै कार्यसम्पादन मूल्याङकन कै आधारमा उहाँलाई त्यसरी अघि लगिएको थियो होला, अहिले बढुवामा चाँही कार्यसम्पादन नहेर्ने हो भने राम्रो काम गर्ने र नगर्नेबीच के फरक रह्यो र ?’ एसपी बढुवासँगै प्रहरीमा डिएसपीका ४४ पद रिक्त भएका छन्। जसमा २०७० सालमा भर्ना भएका मद्ये १४६ जना इन्सपेक्टरको टोली बढुवाको लाईनमा छ । डिएसपी बढुवामा पनि इन्सपेक्टरमा जस्तै टप ४४ भित्रका मात्र पर्ने सम्भावना रहेको बताइन्छ । तर, यदी त्यसो भएमा कार्यसम्पादन मूल्याङकन को कुनै अर्थ नहुने जानकारहरू बताउन्छन् ।

बढुवा एक आकांक्षीका अनुसार, “तालिमकै दौरानमा गुरुबा हरुकै मुल्यांकन लाई आधार मान्ने र बढुवा गर्ने हो भने १०औं वर्ष सम्म उच्च छवी बनाएर आर्थिक अनुशासन, कुशल आचरण, कार्य सम्पादन, संगठनको श्री वृद्धि गर्न योगदान पुर्याउने अधिकृतको भावी समयमा नैराश्यता नआउला भन्न सकिदैन।” वरियता मात्र हेरेर एसपीमा बढुवा गर्दा कतिपय व्यवसायिक छवी बनाएका काबिल अफिसर छुटेका छन् र विभागिए कारबाही भोगेकाहरु भने पुरस्कृत भएका विषयहरुले प्रहरी संगठनको गरिमालाई नै विवादित बनाएका घटना छन्।

१४६ जना ईन्स्पेक्टरहरु नै डिएसपीको लागि योग्य होलान तर पनि सबैको बढुवा एकैपटक भने सम्भव हुदैन। प्रहरी करियरमा आफ्नो स्वच्छ छवी बनाउन सफल भएका प्रहरी प्रमुख बसन्त बहादुर कुँवरले आफ्नो अडान राखेर योग्य बाट पनि योग्य अधिकृत को बढुवा गरि विवादरहित छवी कायम राख्ने हुन वा गृह तथा शक्तिकेन्द्रको हस्तक्षेप हावी हुँदा लचकता देखाउने हुन त्यो भने हेर्न बाँकि नै छ।

को को हुन सक्छन त दावेदार?

१४६ जना ईन्स्पेक्टरहरु मद्ये डिएसपीको लागि सम्भावित दावेदार मानिएका छन् कमल बेलबासे, अनमोल खड्का, आयुश जोशी, राजेश राज पुरी, रघु सिंह बिष्ट, निशान थापा, चेतना पोखरेल, एलिजा गिरि, केशर न्यौपाने, योगेन्द्र तिमल्सिना, सुर्य बोगटी, प्रवीण कार्की, बिकास बम, बेद बहादुर पौडेल, सुधीर राई, निर्मल पनेरु, ईश्वरी भण्डारी, खुमानन्द पाण्डे, हिरेन्द्र रोकाया, नविन पौडेल, पबिन्द्र बम, कमलराज पण्डित, दिपेश बस्याल, लक्ष्मण ओली, लक्ष्मी खनाल, शैलेश्वरी बोहोरा, सुरज के सी, योगराज खतिवडा, मोहन जंग बुढाथापा, कमल बजगाईं, रंजन अवा, बसन्त पाण्डे, सुरज चन्द्र सिंह, रुपा थापा, अनिल गिरि, होम प्रकाश चौधरी, निरञ्जन भट्टराई, हिम खत्री, हिरा सिंह महरा, पदमराज थापा, रमेश अवस्थी, दिवस जि सि, गुणराज बुढाथोकि, गोपिकृष्ण सुबेदी, सुबास भट्टराई, राम तिमल्सिना, डम्बर पुरि, सैलेश न्यौपाने, भिषण राई, सुरक्षा के सि, बोधराज रेग्मि, दिपक पातली, दिपक मल्ल, राजेन्द्र उपाध्य, राजेन्द्र उपाध्य, चन्द्र थापा, पन्चलाल गोले, गंगा सारु, शंकर आचार्शय य श लगायत कुल १४६ जनामा संगठनले मुल्यांकन गरेका योग्य र क्षमतावान अधिकृत बढुवाका दावेदार हुन सक्छन।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.