IPS तालिममा प्र.नि. लिम्बुले जिते BSF Trophy

भारतको हैदराबाद स्थित SVP National Police Academy मा संचालित IPS 75 RR तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कैलाश लिम्बू ले BSF Trophy for Proficiency in Outdoor Subjects को उपाधी जितेका छन। करिब करिब १ वर्षको तालिमको दौरान नेपाल प्रहरीको तर्फ बाट ५ जना प्रहरी निरीक्षक हरुको सहभागी हुने गरेको छ। बिगतमा पनि सो तालिममा नेपाल प्रहरी अधिकृत हरुले विभिन्न उपाधि हासिल गरि नेपाल प्रहरीको गरिमामय बढाएका छन।

IPS तालिम भारतीय प्रहरी अधिकृत को उच्च स्तर को तालिम हो। प्र नि कैलाश प्रहरी निरीक्षक आधारभुत तालिम १-१८१ समुहका अधिकृत हुन र आफ्नो ब्याचका सर्वप्रथम(All rounder First) समेत हुन। आफ्नो लगन, मेहनत र सकारात्मक प्रयासमा उनले आफ्नो निजि र संगठनात्मक पहिचान समेत कायम गर्न सफल भएका छन।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.