नक्कली मह उत्पादन तथा बिक्री गर्ने गिरोह प्रहरीको फन्दामा

जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. ११ सिर्जनानगरमा नक्कली मह उत्पादन तथा बिक्री गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ। भारतको बिहार स्थायी वतन भई हाल सिर्जना नगरमा डेरा गरि बसी अखाद्य पदार्थ प्रयोग गरी मौरीको मह जस्तो देखिने तरल पदार्थ बनाई बिक्री वितरण गर्दै आएका छन् भन्ने खबरका आधारमा वडा प्रहरी कार्यालय बुटवल , अ. प्र.चौ देविनगरले सो अखाद्य पदार्थको सामान र ७ जना लाई नियन्त्रणमा लिएको हो।

प्रहरी तथा बुटवल उप-महानगरपालिका वार्ड न : ११ का जनप्रतिनिधिहरु सहितको संयुक्त टोली सोही स्थानमा गई, घरकोठा खानतलासी गर्दा कोठाभित्र मौरीको मह जस्तो देखिने तरल पदार्थ, मौरीका चाकाहरु र उक्त पदार्थ बनाउन प्रयोग भएको चिनी समेत फेला परेको थयो। उक्त सामानहरु बरामद गरि मुचुल्का सहित आवश्यक कारवाहीको लागि खाद्य प्राविधि तथा गुणस्तर नियन्त्रण कार्यालय भैरहवा, रुपन्देही पठाइएको वडा प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिएका छन।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.