प्रहरीले दोधारा चाँदनी न.पा-१ बाट एक जना व्यक्ति लाई ब्राउन सुगर सहित पक्राउ गरेको छ। बैशाख २३ गते आइतबार करिब दिउसको ३:०० बजेको समयमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय दोधारा, चाँदनी बाट खटिएको सयुंक्त टोलीले दोधारा चाँदनी नगरपालिका-१ स्थित पशुपति टोल बाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५, सुकासाल बस्ने बर्ष २४ का बिक्रम सिंह नायक रहेका छन्। उनको साथबाट २.७२० ग्राम ब्राउन सुगर बरामद गरिएको छ। ब्युरो र ईलाका प्रहरीको टोलीले उक्त लागु औषध बिक्रम सिंह नायकले लगाएको सेतो जुत्ता भित्र कालो मोजाको भित्रपट्टि प्लास्टिकको ३ वटा पोका बनाएर राखेको अवस्थामा उनीलाई पक्राउ गरेको हो। स्रोतका अनुसार पक्राउ परेका बिक्रमलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दोधारा, चाँदनी मा राखिएको छ।
Post Views: 487
