स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत छात्र विवेक खरालकाे अध्यक्षतामा सम्पन्न भएकाे स्वागत कार्यक्रमा देवदह नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकाेटाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । अतिथिका रूपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वासुदेव रिमाल, पूर्व क्याम्पस प्रमुख मित्रलाल न्याैपाने, क्याम्पस प्रमुख जयकिशन अधिकारी, पब्लिक क्याम्पस प्राध्यापक संघ देवदह आदर्श बहुमुखी क्याम्पस इकाइ कमिटीका अध्यक्ष हाेमनाथ शर्मा, स्वतन्त्र विद्यार्थी युनियन संयाेजक अर्जुन गैरे तथा अन्य पदाधिकारीहरू, सहायक क्याम्पस प्रमुख नवीन श्रेष्ठ, व्यवस्थापन संकाय प्रमुख नारायण भण्डारी, शिक्षाशास्त्र संकाय प्रमुख प्रकाश सुवेदी, क्याम्पसमा प्राध्यापनरत प्राध्यापक, कर्मचारीहरू, स्नातक तह प्रथम वर्ष र द्वितीय वर्षमा अध्ययनरत विद्यार्थीहरू, पत्रकार तथा सम्बन्धित सराेकारवाला निकायकाे विशेष उपस्थिति रहेकाे थियाे ।

वि.सं. २०६५ सालमा स्थापना भएकाे उक्त क्याम्पसमा हाल स्नातक तह अन्तर्गत शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय सञ्चालनमा रहेका छन् । हालै यसै शैक्षिक सत्रमा विश्वविद्यालय अनुदान आयाेगद्वारा गुणस्तरिय प्रत्यायनकृत भएकाे उक्त क्याम्पस देवदह क्षेत्रकाे एकमात्र सामुदायिक क्याम्पसका रूपमा स्थापित रहेकाे छ । स्नातक तहकाे शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायमा हाल ८१२ जना विद्यार्थीहरू अध्ययरत रहेकाे सहायक क्याम्पस प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिएका छन् । हालै मात्र क्याम्पसमा क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय तगायत विभिन्न विभागमा नयाँ नेतृत्व चयन भएकाे र उक्त व्यक्तित्वहरूकाे पहलमा विद्यार्थीहरूकाे आवश्यकतालाई मध्यनजर गर्दै क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाे MBS र अन्य स्नातकाेत्तर तहकाे पठनपाठन गर्ने याेजनामा रहेकाे श्रेष्ठले जानकारी दिए।

उच्च शिक्षा ग्रहणका लागि जिल्ला बाहिर र बुटवलसम्म जानुपर्ने विद्यार्थीहरूकाे बाध्यात्मक अवस्थाकाे अन्त्य गर्न गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई आफ्नै घरबाट आउन-जान पायक पर्ने भएकाले उक्त क्याम्पसकाे स्थापना कालदेखि नै विद्यार्थी, अभिभावक तथा सराेकारवालाहरूकाे विशेष चासाे बनेकाे हाे। क्याम्पसले विद्यार्थीहरूकाे सहुलियतका लागि दुई वटा बस समेत सञ्चालनमा ल्याएकाे क्याम्पस प्रमुख जयकिशन अधिकारीले जानकारी दिए। उक्त क्याम्पसबाट हरेका वर्ष स्नातक तह उत्तीर्ण हुने विद्यार्थीहरूलाई विभिन्न निकायहरूसँग सम्झाैता गरी रोजगारीको समेत व्यवस्था गर्दै आएकाे र स्नातक तहमा प्रथम वर्षमा भर्ना भएका तर शैक्षिक शुल्क बुझाउन कठिन पर्ने विद्यार्थीहरूकालागि समेत रोजगारीको व्यवस्था गर्दै आएकाे अधिकारीले जानकारी दिए । हालकाे तथ्यांक अनुसार उक्त क्याम्पसबाट अध्ययन गरी चाैथाे वर्ष उत्तीर्ण गरेका कुनै पनि विद्यार्थी बेराेजगार हुनु नपरेकाेमा अधिकारीले आफु खुसी भएको बताए।

