नेपाल प्रहरीको ईन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएका १९ जनाले लगाए दर्ज्यानी चिन्ह

नेपाल प्रहरीको ईन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएका १९ जनाले २०८१ बैशाख ०२, आइतवार दर्ज्यानी चिन्ह लगाएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले चैत्र २१ गते बुधवार १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको थियो । बढुवा हुनेहरूमा २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएका प्र.नि. १५८औं (PGDPS-7th ) समूहबाट रहेका छन्।

बढुवा हुनेहरुमा क्रमश: निर्मल पनेरु, ऋषिराम घर्ति मगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुष प्रसाद जोशी, लक्षमण ओली, शैलेश्वरी बोहोरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना, पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, राम प्रसाद तिमिल्सिना, भिषणबाबु राई, रुक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा, कमल कुमार खड्का रहेका छन् । जनपद तर्फका प्र.ना.उ. पदमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई प्र.म.नि. बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम बीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.