Jurisprudence/विधिशास्त्र |LLB 1st Year |301 | Unit-1 Notes

INTRODUCTION TO JURISPRUDENCE/विधिशास्त्रको परिचय

1.1 Meaning and Definition of Jurisprudence

1.2 Scope and Importance of Jurisprudence

1.3 Kinds of Jurisprudence

Jurisprudence/विधिशास्त्र : विधिशास्त्र भनेको विधिको विज्ञान हो जसले कानूनका मौलिक सिद्धान्तहरुको अध्ययन गर्दछ। विधिशास्त्र ल्याटिन भाषाको Juris र Prudentia बाट मिलेर Jurisprudence बनेको हो। Juris को अर्थ कानून र Prudentia को अर्थ कानूनको दक्षता वा योग्यता भन्ने हुन्छ। French भाषामा Jurisprudence को अर्थ नजीर कानून(Law of Precedent) भन्ने हुन्छ। विधिशास्त्रलाई कानूनको अवधारणागत अध्ययनको विषय मानिन्छ। यो त्यस्तो विषय हो जसले समग्र कानून प्रणालीको व्याख्या र कानूनको बोध समेत गराउदछ। विधिशास्त्रलाई कानूनको विज्ञान मान्ने गरिएको छ। यसलाई Science of Law, Grammar of Law, Law of Law, Mirror of Law, Philosophy of Law and Principles of Law पनि भन्ने गरिन्छ। विधिवेत्ता Salmond का अनुसार “विधिशास्त्र कानूनको खोजपूर्ण अध्ययन हो जसले कानून र कानूनी व्यवस्थाहरूको मौलिक सिद्धान्तहरुको खोजी र विश्लेषण गर्दछ।

Scope of Jurisprudence/ विधिशास्त्रको क्षेत्र : विधिशास्त्र एउटा प्राचीनतम अध्ययनको विषय हो जसले मानव व्यवहार, मानव आचारण देखि राज्य र समाज सबैलाई आफ्नो क्षेत्रभित्र समेटेको हुन्छ। विधिशास्त्र त्यस्तो विषय हो जसले कानून र त्यससँग सम्बन्ध विषय वस्तुहरु सँग मात्र नभएर राजनैतिक, आर्थिक र सांस्कृतिक जस्ता धेरै विषयवस्तुहरुलाई आफ्नो क्षेत्राधिकार भित्र समेटेको छ।

Importance of Jurisprudence/विधिशास्त्रको महत्व : विधिशास्त्रको महत्व देहायबमोजिम रहेको छ। सामाजिक महत्त्व, लोक कल्याणकारी राज्य स्थापनामा महत्त्व, कानूनका विद्यार्थीका लागि महत्त्व, कानून व्यवसायीहरुको लागि महत्त्व, न्यायाधीशहरुको लागि महत्त्व, विधायक एवं राजनीतिज्ञहरुका लागि र सर्वासाधारणका लागि विधिशास्त्रको महत्त्व रहेको छ।

Types/Kinds of Jurisprudence/ विधिशास्त्रका प्रकार हरु : व्याख्यात्मक विधिशास्त्र र पारखीय वा निर्णयात्मक विधिशास्त्र।

व्याख्यात्मक विधिशास्त्र/ Expository Jurisprudence: बेन्थमले कानूनको विद्यमान अवस्था वा मौजुदा स्वरुपको अध्ययन गर्ने विधिशास्त्रलाई व्याख्यात्मक कानूनशात्र भनेका छन्। कानून कस्तो थियो र कस्तो हुनुपर्छ भन्ने कुरालाई छाडी कानून के हो र कस्तो छ भनी गरिने विश्लेषणात्मक अध्ययनलाई बेन्थमका अनुसार व्याख्यात्मक कानूनशास्त्र भनिन्छ।

पारखीय वा निर्णयात्मक विधिशास्त्र /Censorial Jurisprudence: विद्यमान कानुनाशास्त्रको उद्देश्य कानूनको अध्ययन गर्नु नभई कानून निर्माणको सीप कलाको अध्ययन गर्नु पारखीय वा निर्णयात्मक विधिशास्त्र हो। यो कानूनाशास्त्रको भविष्यप्रति केन्द्रित रहन्छ।

Austin का अनुसार : सामान्य विधिशास्त्र(General Jurisprudence), विशिष्ट विधिशास्त्र(Particular Jurisprudence)

Salmond का अनुसार : विश्लेषणात्मक विधिशास्त्र(Analytical Jurisprudence), ऐतिहासिक विधिशास्त्र(Historical Jurisprudence) र नैतिक विधिशास्त्र(Moral Jurisprudence).

(यो लेख नितान्त कानून संकाय का विद्यार्थीको लागि छोटकरीमा बुझ्नका निम्ति तयार पारिएको हो तसर्थ कहिँ कतै त्रुटि भएमा सुझाव दिनु होला)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.