Jurisprudence/विधिशास्त्र |LLB 1st Year |301 | Unit-2 |Schools of Jurisprudence ।Notes

SCHOOLS OF JURISPRUDENCE

|2.1 Natural School of Law

| 2.2 Historical School of Law

| 2.3 Sociological School of Law

| 2.4 Analytical/Positivist School of Law

| 2.5 Realist School of Law

| 2.6 Socialist School of Law

विधिशास्त्र त्यस्तो विषय हो जसको क्षेत्र भित्र मानव सभ्यताको विकास विस्तार र कानूनका सम्बन्धमा व्यक्त गरिएका स्वतन्त्र विचार प्रवाहहरुको संग्रह गरिएको हुन्छ। विधिशास्त्र प्रति प्रस्तुत विचार अभिव्यक्तिहरु आ आफ्नै किसिमका हुन्छन जसलाई सहजताका साथ् ग्रहण गर्ने गरिन्छा। सर्वत्र रहेका अलग अलग तर मिल्दा जुल्दा विचार धाराहरुलाई एकत्रित गरि विभिन्न वर्ग वा शृंखलामा समावेश गरिएको परिपाटीको नाम नै विधिशास्त्रका सम्प्रदाय (Schools of Jurisprudence) हुन्।

Natural School of Law /प्राकृतिक कानून सम्प्रदाय : कानून प्रकृतिको देन हो वा प्रकृतिमा भएका कुरा नै कानून हुन् भन्ने अभिव्यक्ति प्राकृतिक कानूनी सम्प्रदायका विधिशास्त्रीहरुले व्यक्त गर्ने गरेका छन्। यस सम्प्रदाय अन्तर्गत कानून भनेको नैतिक नियमहरुको एकमुष्ठ संग्रह हो भन्ने धारणाको अध्ययन एवं विश्लेषण गरिन्छ। प्राकृतिक कानूनका अधारभुत मान्यताहरु /विशेषताहरु देहायबमोजिम रहेका छन्:

  • नैतिकता, समानता, विधिको शासन, शक्तिको सन्तुलन, निष्पक्षता, भाईचारा जस्ता सिद्धान्तलाई अङ्गीकार गर्दछ
  • यो कानून अलिखित तर व्यवहारिक रहेको हुन्छ
  • मानव निर्मित कानून जस्तो कठोर नभई सहज रुपमा स्वीकार्य हुन्छ
  • मानवीय आचरण तथा स्वभाव संग निश्चित कानूनको घनिष्ठ सम्बन्ध रहन्छ
    यो कानून स्वेच्छाचारी हुदैन।
  • प्राकृतिक कानून विवेकको रुपमा रहनछ अर्थात यो बौद्धिक कानून हो।
  • प्राकृतिक कानून सबैभन्दा पुरानो कानूनको रुपमा रहेको छ।

प्राकृतिक कानून सम्प्रदायलाई संक्षिप्त अध्ययन गर्न देहायबमोजिम कालक्रमलाई आधार मान्न सकिन्छ:

  • ग्रीक काल
  • रोमन काल
  • क्रिस्चियन काल
  • मध्ययुगिन काल
  • आधुनिक काल

Historical School of Law/ऐतिहासिक सम्प्रदाय : यस कानुनले सामान्यतया कानुन भनेको वर्षौंको ऐतिहासिक विकासको परिणाम हो भनी विश्वास गर्छ। यसले अवधारणा मात्र होइन कानूनको उत्पत्तिको पनि अध्ययन गर्छ। ऐतिहासिक सम्प्रदायमा विशेषत जर्मन कानूनविद हरुको देन भएका कारण यसलाई कानूनको जर्मन सम्प्रदाय पनि भनिन्छ। ऐतिहासिक सम्प्रदायका प्रवर्तक Friedrich Karl Von Savigny(1770-1861) लाई मानिन्छ।

ऐतिहासिक सम्प्रदायका विभिन्न प्रकृति र मान्यताहरुलाई बुँदागत रुपमा निम्नानुसार राख्न सकिन्छ:

  • कानूनको निर्माण आदिम कालका कानूनी संस्थाहरु प्रति आकर्षित देखिन्छ।
  • कानून आफै स्थापित हुन्छ तसर्थ कानून पाइन्छ तर बनाइदैन।
  • कानून राजनैतिक अख्तियार बात स्वतन्त्र हुन्छ।
  • राज्यको निर्माण पूर्व नै कानूनको कुनै न कुनै रुपमा निर्माण भएको पाईन्छ।

Sociological School of Law /समाजशास्त्रीय सम्प्रदाय: समाजशात्रीय विचारधारा खासगरी १९औं शताब्दीको महत्वपुर्ण चिन्तन र त्यसको उपलब्धि हो। कानून भनेको सामाजिक आवश्यकता परिपूर्तिको माध्यम हो। सच्चा कानून त्यो हो जसमा सामाजिक घटना, सामाजिक कार्य, सामाजिक भावना जसको सिधा सम्पर्क मानव संग रहन्छ। यस विचारधाराले कानूनलाई सामाजिक विज्ञान को संज्ञा दिन्छ। समाजशास्त्रीय विचारधाराका मुख्य निचोड लाई निम्नबमोजिम उल्लेख गरिएको छ :

  • कानून भनेको एउटा सामाजिक संस्थाको स्वरुप हो जसले तमाम सामाजिक क्रियाकलापहरुलाई नियन्त्रित, विकसित र व्यवस्थित गर्न मद्धत पुर्याउदछ।
  • कानूनको कार्य भनेको समाजको इच्छा, आवश्यकताको परिपूर्ति गर्नु हो।
  • कानूनको उद्देश्य भनेको सामाजिक हितहरुलाई सन्तुलन र व्यवस्थापन गर्नु हो।

नेपालको सन्दर्भमा समाजशास्त्रीय कानूनको प्रयोग र व्यवहारलाई व्यापक रुपमा आत्मसाथ गर्न खोजिएको छ। देशको मूल कानून संविधानमा जनताका मौलिक हकहरुको व्यापक व्यवस्था र त्यसको उपचारको व्यवस्था हुनु यसको सफल उदाहरण हो।

Advertise your Product

Analytical School of Law /विश्लेषणात्मक सम्प्रदाय: विश्लेषणात्मक सम्प्रदायको जन्म प्राकृतिकवादीहरुको विरोधमा स्थापित भएको हो। विधिशास्त्रमा यो विचार प्रणाली सबैभन्दा प्रख्यात पनि भएको मानिन्छ। यस विचार धारालाई विभिन्न नामबाट पहिचान समेत गर्न सकिन्छ, जस्तै: Identical School, Formal English School, Positive School, Austinian School, Systematic School इत्यादि। कानूनको यो अवधारणालाई १८औं शताब्दीको अन्त्य तिर प्रसिद्ध कानूनविद Jermy Bentham द्वारा प्रतिपादित गरिएको हो। यस सम्प्रदायको थालनी पनि प्राकृतिक कानूनले जन्माएको अनिश्चितता, अवास्तविकता, अस्थिरता एवं अन्योल र भ्रामक धारणाको प्रतिकार स्वरुप भएको भन्ने कुरामा दुई मत हुन् सक्दैन। मूलभूत रुपमा यस स्कूल सम्प्रदायबाट कानूनको बारेमा निम्न तिन वटा मान्यता लाई आत्मसाथ गरिएको छ :

  • कानूनको स्रोत राज्य हो।
  • मौजूदा कानूनको अध्ययन नै यसको क्षेत्र हो।
  • कानून भनेको सम्प्रभुको आदेश हो।

Realist School of Law /यथार्थवादी सम्प्रदाय: कानूनको व्यवहारवादी चिन्तनको नवीनतम सोच जसलाई कानूनको यथार्थवादी विचारधारा भनिन्छ। यस सम्प्रदायको कानून प्रतिको अवधारणा समाजशास्त्रीय अवधारणा संग मिल्दो जुल्दो हुनाले कहिले काहीं यसलाई समाजशास्त्रीय सम्प्रदायको बायाँ भाग भनेर भनिन्छ।

यस विचारधाराका अनुयायीहरुले कानून निर्माता न्यायाधिश हरु मात्र हुन सक्दछन, अन्य अवस्था भनेको कानून प्रतिको कोरा कल्पना वा अनुमान मात्र हो समेत भन्ने गरेको पाइन्छ। यथार्थवादी विचारधाराको प्रारम्भ खासगरी निम्न कारणहरुबाट भएको पाइन्छ:

  • समाजशास्त्रीय विचारधारा अनुसार समाजमा कानूनको प्रभाव भन्ने अवधारणा विकास भएका कारण ले गर्दा
  • विधिवेत्ता Ihering को Social Interest Theory र Dean Roscoe Pound को Social Engineering Theory को विरोध गर्न
  • कानूनको निर्माणमा अदालत र न्यायाधिशको भूमिकालाई सर्वोत्कृष्ट स्थान दिनका लागि।

यथार्थवादी विचारधारामा खासगरी दुई वटा फरक फरक मान्यताका विचारधाराहरु पाइन्छ : अमेरिकन यथार्थवाद, स्क्याण्डेनेभियन यथार्थवाद

Socialist School of Law /समाजवादी सम्प्रदाय : समाजवादी सम्प्रदायका अनुयायीहरुको रुपमा खास गरि कार्ल मार्क्स, F. Engels लाई लिने गरिन्छ तैपनि Lenin, Pashukanis र Karl Renner को योगदानलाई पनि कानून र कानूनको विकासमा नजरअन्दाज गर्न सकिदैन। यस विचार धाराका अनुयायीहरु कानूनविद भन्दा दर्शनविद वा राजनीतिज्ञका रुपमा परिचित हुने हुदा यसको अन्तर सम्बन्ध ऐतिहासिक विचारधाराको मत संग मेल खान्छ। यस विचारधारालाई Economic School of Law, Marxist School of Law, Socialist School र Communist School of Law पनि भनिन्छ। मार्क्स को कानून प्रतिको अवधारणालाई निम्न बमोजिम बुझ्न सकिन्छ :

  • कानून शोषण गर्ने हतियार हो जो समाजमा रहेका कमजोर पक्षका लागि मात्र लागु हुन्छ
  • कानून भनेको आर्थिक कारण र विषयवस्तुको प्रतिबिम्ब हो
  • समाजमा कानूनको छुट्टै अस्तित्व आवश्यक छैन
  • कानूनमा भौतिक द्वन्दवादकै कारण परिवर्तन आउँदछ

(यो लेख नितान्त कानून संकाय का विद्यार्थीको लागि छोटकरीमा बुझ्नका निम्ति तयार पारिएको हो तसर्थ कहिँ कतै त्रुटि भएमा सुझाव दिनु होला)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.