ईन्स्पेक्टर भुपेन्द्र बुढाथोकीको शब्दमा नयाँ गित “भाग्य लेख्ने भगवान ” सार्वजनिक भएको छ। प्रहरी सेवा संगै संगीतमा पनि रुचि राख्ने भुपेन्द्रले बजारमा धेरै गीत ल्याएका छन्। धोका माथि धोका, मुटु टुट्दा, फुल भनौ जिन्दगीलाई जस्ता लोकप्रिय गीत को अपार सफलता पछि अहिले भाग्य लेख्ने भगवान कहा छौ बजार मा ल्याएका छन्। भूपेन्द्रको शब्द र प्रमोद खरेल को स्वरमा रहेको उक्त गीत एक दिनमै एक लाख पन्ध्र हजार भन्दा बढी ले युट्युबमा हेरिसकेका छन्।
बिगतका गीत हरुलाई स्रोताहरुले मन पराइदिनु भएकोमा धन्यावाद दिदै उनको यो गीत लाई पनि स्रोताहरुले उतिकै माया गर्नुहुनेछ भन्ने भन्ने आशा लिएको र स्रोताहरुको साथले गर्दा यो गीत बजारमा ल्याउने जमर्को गरेको बताउछन भुपेन्द्र। एउटा गुणस्तरीय गीत बजारमा ल्याउन आर्थिक खर्च-लागत अलि बढि लाग्ने भएको हुदा वर्षमा एउटा गीत बजारमा ल्याएको उनले बताउछन। आर्थिक स्रोत साधनको व्यवस्थापन संगै समयको उपलब्धता हुनासाथ आगामी दिनमा समेत नयाँ गीत स्रोतामाझ ल्याउने प्रयास जारि रहने बताउछन।
निकै जिम्मेवार पद प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा रहेर समय व्यवस्थापन र स्रोत व्यवस्थापन चुनौती भएतापनि यसलाई उनले अवसरको रुपमा लिएको बताउछन। आफ्नो व्यवसायिक पेशामा कुनै सम्झौता नगरी समयको सदुपयोग गरेका बुढाथोकी सांगीतिक क्षेत्रमा पनि उतिकै पहिचान बनाउदै गएका छन्।
भिडियो
