हेमन्तको विचारमा कमल बहादुुर शाह को हुन?

हेमन्त बहादुर शाह |कैलाली
आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको चुनाब नजिकिदै छ । लम्कीचुुहा नगरपालिका वडा नं १ निवासी समाजसेवी तथा युवा नेता कमल बहादुर शाहले प्रदेश सभा कैलाली क्षेत्र नं २. (क) मा उम्मेदारी दिएका छन । को हुन त कमल बहादुर शाह ?
विद्यार्थी जीवन बाट नै राजनीतिक क्षेत्रमा आवद्ध भएका कमल बहादुर शाह बिद्यार्थी जीवन देखि नै राजनीतीक क्षेत्रमा एक उदयमान व्यति हुुन् ।
राजनीतीकै दौरानमा जादाँ हमेशा सत्यकै पक्षलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसमा आवद्ध भएका शाह नेपाल तरुण दलका पुुर्व केन्द्रीय उपाध्यक्ष पनि हुन् । राजनितिक संस्कार मात्रै नभई शाह संग दया ,माया,करुणा,समानान्तर व्यवहार पनि उनका बलिया यन्त्र हुुन। सबैलाई आफ्नै र सबैका समस्याहरुलाई आफ्नै समस्या ठान्ने शाह नेपाली जनता, समाज र देशका लागि दुुर्दर्शी, ईमानदार,बफादार र निष्ठावान, व्यक्ति हुुन् ।
“म देशको समसामयिक बिषयबस्तुु र राजनैतिक, कुुराहरु बुझ्ने भएदेखि नेता शाहको व्यक्तिगत स्वभाव, राजनीति, समाजसेवा, माया, सद्धभाब, राजनीती, समाजसेवा, माया, सद्र्भाव आदि कुुराहरुलाई नियाल्दै आईरहेको छुु, शाहको राजनितिमा आउनुुको एउटै उद्धेश्य समाज,जनता र राष्ट्रको निश्वार्थ रुपले सेवा गर्नु रहेको छ । उनको बिचारलाई अनुुशरण गर्दा राजनिति सबैथोक राजनिति हो, राजनिती सबैमा सहयोगी र सर्वमान्य हुुनुपर्दछ र राजनीति गर्ने व्यक्तिले देश र जनताहरुलाई दुुख पिडा पर्दा सहयोग, हौसला प्रेरणा दिनुपर्दछ ।”

नेता शाह आफुुले गरेका बाचाहरु पुुरागर्ने निष्ठावान नेता हुुन् । शाह एक बिचार र सिद्धान्तमा अडिग व्यक्ति हुुन् , उनले आफ्ना विचार र सिद्धान्तलाई क्षणिक फाईदाको रुपमा नलिई दिर्घकालिन र जनतालाई हमेशा टेवा पुुग्ने हिसावले बिचार गर्दछन् । कोही नेता त्यस्ता हुुन्छन् जसले चुुनावमा जित्नकोे लागि अरवौ रुपैयाँ खर्च गर्दछन् तर शाह त्यस्तो व्यक्तिमा नभई स्वच्छ प्रतिस्पर्धात्मक रुपमा, समाजेवा र कामको आधारमा चुुनाव लढ्ने बिचारका मान्छे हुुन् । राजनितिक रुपमा कतिपय नेताहरुले विपक्ष र प्रतिस्पर्धिहरुको आलोचना टिपाटिप्पणी र कमजोरीहरुलाई लिई आफुु जित्ने मनोआकाँक्षा राखेर विभिन्न स्टुुडीयो तथा स्थानहरुमा बहस गरेको सुनिन्छ , तर शाहको एउटा विशेषता कसैको टिकाप्पिणी नगरी आफ्ना एजेण्डा र उद्येश्यहरु के हुन भनी प्रष्ट पारी राजनितिमा पहल कदमी गर्नु हो ।
मंसिर ४ को चुनावी माहोल चल्दै गर्दा जनचाँसो र गुनासो बुुझ्न र सुन्न गाउँ टोल तिर गएको थिएँ । त्यहाँका मान्छेहरुको भनाई छ “ कमल शाह.एक असल नेता हुन् । हामी कुनै पार्टी नहेरी यो एक पटक कमल शाहलाई जसरी पनि जिताउँछौ ” । मैले किन कमल ब. शाहमा त्यस्तो के छ भनि प्रश्न गर्दा जनताको उत्तर “उहाँले हिजो कोरोना , बाढी तथा अन्य अप्ठ्यारो अवस्थामा रातदिन खटेर जनताको उद्धार गर्नुुभयो , हामीले जतिखेर फोन गर्दा , भेट्दा पनि सर्वसाधारण झै आफ्नै दाजुुभाई भएर कुराकानी गर्नुहुन्छ तथा अरु केही नदिए पनि आँट दिलाउनुु हुन्छ । कमल शाहले अप्ठ्यारोमा आफ्नै व्यक्तिगत हिसाबले त जनताहरुको सुख दुख टार्नुहुन्छ भने हामी सबै लागेर चुनाव जितायौँ भने भोली यो गाउँ ठाउँको विकास पनि नितान्त हुन्छ” ।
शाहका केही भनाईहरु रहेका छन्— विकास र समृद्धिका साथै जनताहरुका ईच्छा चाहानाहरुलाई पुरा गर्ने सन्दर्भमा मंसिर ४ को चुनाव जितिसकेपछि जनताहरुको हकहितको लागि केही न केही गर्छु भन्ने विश्वास छ । त्यही आधारमा नै म अगाडि बढेको छुु । कैलालीका सबै क्षेत्रहरुका समस्याका विषयमा मलाई जनाकार छन् । यस अघिका धेरै सांसदहरु विभिन्न वाचाबंधनका साथ अगाडी आएका थिए तर निर्वाचित जनप्रतिनिधीहरुले यो कामहरु गर्न सकेनन् । म निर्वाचित भएँ भने जनताहरुले मलाई अरुभन्दा फरक रुपमा पाउने छन् । विकासका कुरामा म उभिएको छुु , खबदारीका कुराहरुमा म उभिएको छुु , अप्ठ्यारोमा म उभिएको छुु , भ्रष्टाचार नियन्त्रण का कुराहरुमा उभिनेछुु ,जनअपेक्षा अनुसार काम गर्ने छुु , हमेशा जनताका हुर्नेछुु ।
तसर्थ—कैलाली क्षेत्र नं.२ को जनताहरुका अपेक्षा , विकास र समृद्धिका लागि मंसिर ४ को प्रदेश सभाको चुनावमा कैलाली क्षेत्र नं.२ “क” को चुनावमा कमल बहादुर शाहलाई जिताउनुु बाहेक अर्को विकल्प छैन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.