आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा को कहुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य मा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका प्रख्यात बन्जाडे पेशा ले अधिवक्ता हुन। अधिवक्ता सङै उनी समाजशास्त्री एवम् सामाजिक अभियन्ता समेत हुन। बजान्जाडे निकै सक्रिय रुपमा सामाजिक कार्यमा संलग्न हुँदै आएका छन। उनी आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत केहि कुरा बुंदागत प्रष्ट पारेका छन:
१)नेपालका सबै राजनैतिक दलका नेताहरू नेपाली जनताको हित भन्दा विदेशिलाई खुशी पार्न
२)देशमा अशान्त सिर्जना गर्न,
३)दलाली गर्न,
४)देशमा भ्रष्ट्राचार गर्न,
५)देशका नदि नाला वेच विखन गर्न,
६) सीमाहरू अतिक्रमण गर् भनेर विदेशिलाई आड भरोसा दिने, ७) विदेशि एड नेपाल लाई दिने नाममा जासुसी को काम गर्न लगाउने जसको कारण नेपालको सम्प्रभु मा विखण्डन गर्ने, एडबाट हुने कार्य ३६ प्रतिशतको अनुपातमा काम हुने अरू सबै कागजि प्रकृयामा मात्र हुने।
८)अनुत्पादक कार्यमा प्रोत्साहन गर्न,
९)नागरिकको सुरक्षा गर्न नसक्नु,
१०)संसारमा सबै भन्दा बढि कर सिर्जना गर्न गराउन खोज्नु
कर सँगै जनतालाई के सुविधा छ र् ?
११)उघोग कल ब्यवसाय सञ्चालन गर्न जाँदा लाखौको घुस खोरी स्थानिय निकाए देखि विभाग सम्म)
१२)जागिर खान गए घुस
१३)मालपोत कार्यालय गए सरकारी जग्गा व्यक्ति को बनाउने प्रयास नक्कली कागज तैयार गर्ने
१४)नापी कार्यालय गए अमिनहरू जग्गा जमिन नाप जाँचमा ने घप्ला वाजी गर्ने साथै पिडित को निवेदनमा ध्यान नदिने,सरकारी सम्पति राजनैतिक पहुँचका आधारमा व्यक्तिको बनाउने प्रयासमा सहयोग गर्ने गराउने
१५)यातायात कार्यालय मा गयो भने धनि मानीको फोन बाट कार्य हुने ,यातायात कार्यालय गाडि लिएर जान नपर्ने
१६)प्राइभेट अस्पतालमा गयो भने उपचारको नाममा घरै लुटाउने
१७) भन्सार कार्यालय गयो भने भन्सार कै कर्मचारी मोटाउने
१८)३०० प्रतिशत सम्म कर लिएर गाडिको भन्सारकर सम्म
लिने(सरकारको निती)
१९)राजस्व कार्यालय लाई चित्त बुझेन भने ब्यापारी सँग ब्लेक मेलिङ्र गर्ने खाता पाता माग्ने स्टक माग्ने त्यस पश्चात मोलमलाई गरि कुम्लाउने
२०)सड़क हेर्न गयो न अनुगमन न सम्वन्धित निकाएको नै अपस्थित हुदैन।
## २१)टिपपर हाइवा हेरयो ओभर लोड, अनुशाषनहिन चलाई, दादागिरी, छाडातन्त्र,
२२)न्यायलय हेरयो मुद्दा लामो समय लाग्ने (मुद्दा लडने पक्ष् रूदै देख्छु)
२३)युवाहरूलाई देख्छु रोजगार छैन ।सीमा पारी गई लागु औषघ बोकेको देख्छु
२४)रोजगारी छैन विदेश जान्छन त्यसमा म्यानपावर कम्पनि तथा एअर लाइन्सले ठगेका हुन्छनु यसो कमाउन धाल्छन् बाकसमा लाश आउछ।
२५)काम गर्ने भन्दा काम नगर्नेलाई मान सम्मान गर्ने
२७)प्रशाषनिक निकाएमा गए काम चुस्त फुर्त नहुने
२८)योग्य व्यक्तिलाई छनौट नगर्ने
२९)त्रिभुवन विश्व विद्यालयले लिने परिक्षा ९ महिनामा पनि परिक्षाको नतिजा प्रकाशित गर्न सक्दैन
३०) नयाँ चालक अनुमति प्रमाण पत्र १२ महिनामा पनि तैयार गर्न नसक्ने कस्तो सफ्टवेयर खरिद गरेको होला सरकारले
३१)जनता सहकारी कार्यालयमा कर बुजाउन जान्छन् तर सर्भर स्लो हुन्छ अनि भोलि पल्ट जरिवाना तिर्न लगाउछन्
३२) जो मन्त्री बन्यो पहिले कसरी पैसा जम्मा गर्न घ्यान जान्छ अनि जनता को काम के हुन्छ ?
३३)सरकारी कार्यालयका एकाउन्टेट माल खरिद गरे पनि विल बढाएर बनाउने सामान पनि कम हुने ,कमसल डुब्लिकेट पनि हुने वाह रे वाह मेरो देशको कर्मचारी तन्त्र
३४)डाक्टर बनाएर नेपाल पठाउने अनि देशलाई अशान्ति बनाउने देशको नियति रहयो।
पछिल्लो समयमा म आफै प्रत्यक्ष देश विदेश तथा सानै उमेरबाट हेर्ने मौका पाए अनि नेपाली जनताले राज्य बाट कस्तो अपेक्षा गर्ने?
