भाद्र ११
आगामी सेप्टेम्बर २४ र २५ तारीखमा गैर आवासीय नेपाली संंघ युरोप क्षेत्रले १४औं युरोपियन क्षेत्रीय बैठक संगै १२औं महिला, युवा तथा विज्ञ सम्मेलन गर्ने तय गरेको छ। स्वीडेनको राजधानी स्टकहोममा ‘रुपान्तरणका लागि साझेदारी’ नारासहित हुन लागेको सम्मेलनको आन्तरिक तयारी भइरहेको आयोजकले जनाएका छन् ।भेला आयोजनाका निमित्त क्षेत्रीय संयोजकद्वयको अध्यक्षतामा युरोप क्षेत्रका पदाधिकारीहरू, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरू, सम्बन्धित राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष र महासचिवलाई पदेन सदस्य र युरोप क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय पदाधिकारीलाई समितिको पदेन सल्लाहकारको जिम्मेवारी प्रदान गरी एक वृहत आयोजक कमिटी गठन गरिएको जनाइएको छ ।
Post Views: 253
