कार्तिक ७, ज्योतिष देवराज पौडेल
सूर्यग्रहण ( १२ राशिहरुमा ग्रहणको प्रभाव )
*मिति; २०७९/०७ /०८ गते
- स्पर्श : दिउँसो ०४:५२ बजे
- सुर्यास्त : साँझ ०५:२४ बजे
- ग्रहणको समय : ३२ मिनेट
यो अमावस्या तिथिको दिन र तुला राशिमा परेको छ ।
ग्रहण लागेको ३२ मिनेट पछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने छ । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिन्छ । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी ७:३० बजे छाड्ने छ ।
ग्रहण स्पर्शकाल ८ गते दिवा ४:५२ मा १२ घन्टा अगाडि र पछाडि सुतक छ । यतिबेला ग्रस्तास्त खन्डग्रास सूर्यग्रहण भएकाेले भाेलीपल्ट बिहानकाे सुर्यउदय दर्शन पछि मात्रै भाेजन गर्नु पर्दछ ।
सतर्क रहनु होस् ।
बाल, बृद्ध र आतुरलाई बाहेक अन्यलाई भोजन ग्रहण गर्न निषेध छ।
गर्वधारण गर्न निषेध।
यौनजन्य क्रियाकलाप निषेध।
दिसापिसाब गर्न निषेध (ग्रहण कालभरी)।
सुत्न निषेध (स्वास्थमा नकारात्मक असर)।
बाहिर गएर हेर्नुहुदैन विशेषगरी गर्भवातीरु।
ग्रहण फल;
१. मेष राशि :
मेष राशिहरुको सप्तम भावमा ग्रहण लाग्ने छ । वैवाहिक घर अनि व्यापार व्यावसाय , साझेदारीको कामको भावमा ग्रहण लाग्ने छ ।
वैवाहिक जीवनमा नकारात्मक असर पुर्याउँछ ।
जीवन साथिको स्वास्थ्यमा नकारात्मक असर, चोट्पटकको भय रहन्छ ।
साझेदारीको काममा धोका वा मनमुटाव आदि हुनसक्छ ।
कानूनी मामला , सम्झौता पेपर आदिमा काम गर्दा ध्यान पूर्वक गर्नु होला ।
२ . वृष राशि :
वृष राशिहरुको चन्द्र लग्नबाट छैठौ भावमा ग्रहण लाग्नेछ । यहाँ सामान्यतया शुभ फल मिल्नेछ ।
शत्रुहरु माथि विजय प्राप्त हुने छ ।
ऋण लिएर काम गर्ने अवसर मिल्ने छ ,सावधानी अपनाउनु होला ।
विदेशको यात्रा हुन सक्छ ।
जागीर गर्दै हुनु हुन्छ भने केही सहनु परे सहेर काम गर्नु राम्रो हुने छ ।
कानुनी झमेला बाट टाढा रहनुहोला । अरुको झगडामा आफु अघि नबढनु होला ।
३. मिथुन राशि :
मिथुन राशिहरुको चन्द्रलग्न बाट पञ्चम भावमा ग्रहण लाग्ने छ । पञ्चम भाव भनेको पढाई , रचनात्मक क्रियकलाप , सन्तान, माया प्रेम आदिको भाव हो ।
पढाईमा नकारात्मक असर पार्दछ ।
प्रेमसम्बन्ध, सन्तान, मानसम्मानमा पनि नकारात्मक प्रभाब देखाउनेछ।
गर्भवाती महिलाहरूको लागि नकरात्मक असर पर्ने छ ।
४. कर्कट राशि :
कर्कट राशिहरुको लागि चन्द्रलग्न बाट ग्रहण चौथो घरमा पर्नेछ । यो घर जग्गा, आमा तथा परिवर आदिको भाव हो ।
आमाको स्वास्थमा नकारात्मक प्रभाव देखिन सक्छ ।
घरजग्गा किन्नुहुदैन वा किन्न लाग्नुभएको भए विवाध उत्पन्न हुन सक्छ ।
सवारी साधन चलाउदा होसीयारी अपनाउनु होला ।
जागिर, पेसामा धेरै उतारचढाव आउनेछ।
पारिवारिक शुखमा कमि आउने छ । वैचारिक मदभेद हुन सक्ने छ ।
५. सिंह राशि :
सिंह राशिहरूलाई चन्द्र लग्न बाट तेस्रो घरमा ग्रहण लाग्नेछ । यहाँ बाट पराक्रम, हिम्मत, सूचना आदन प्रधान भाईबहिनी आदि हेर्ने गर्छौ ।
भाई बहिनीहरू सँग सम्बन्ध मध्यम रहने छ ।
पराक्रम द्वारा अरुलाई परास्त गर्न सकिने छ ।
सुचान आदन प्रधान गर्दा सबै कुरामा स्पष्ट भएर मात्र गर्नु होला नत्र दोष लाग्न सक्छ ।
६. कन्या राशि :
कन्या राशिहरुको चन्द्रलग्न बाट दोस्रो घरमा मा ग्रहण लाग्दैछ । दोस्रो घर परिवार , कुटुम्ब, धनसम्पती आदि को हो ।
सञ्चित धनको नास हुनसक्छ। लेनदेन गर्दा सतर्कता अपनाउनु होला
खर्चमा वृद्धि।
वाणिमा विचार पुर्याउनु होला । राम्रो भने पनि नराम्रो तरिकाले अरूले लिन सक्छन् ।
स्वास्थमा समस्य आउन सक्छ ।
७. तुला राशि :
तुला राशिहरुको चन्द्रलग्न मै ग्रहण लाग्दै छ। लग्न भनेको हामी स्वयम् हौ । सबै भन्दा धेरै असर यहीँ पर्ने छ ।
स्वास्थ्यमा हानी। अरु सबै राशि भन्दा ज्यादा हानी हुनेछ।
मानसम्मान प्रतिष्ठामा असर पर्ने छ ।
जीवनमा नकारात्मक प्रभाब पर्ने छ ।
चोटपटकको भय रहन्छ।
८. बृश्चिक राशि :
बृश्चिक राशिहरुको चन्द्रलग्न बाट बारौ घरमा ग्रहण लाग्ने छ ।
खर्च अत्याधिक वृद्धि हुनेछ।
पढाइ, प्रेम सम्बन्ध आदिमा नकारात्मक प्रभाव देखाउन सक्छ।
९. धनु राशि :
धनु राशिहरुको चन्द्रलग्न बाट एघारौ घरमा ग्रहण लाग्नेछ । यो आम्दानी , साथीभाई, आफ्नो इच्छाहरू आदिको घर हो ।
अरु राशिलाई जस्तो धेरै नकारात्मक असर पर्दैन ।
व्यापारी, दलालिहरूलाई मुनाफा प्राप्त हुन सक्छ।
प्रेम सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छ ।
साथीभाईले छलकपट गर्न सक्छन् , सावधानी पूर्वक काम गर्नु राम्रो हुन्छ ।
१०. मकर राशि :
मकर राशिहरुको चन्द्रलग्न बाट दशौ घरमा ग्रहण लाग्ने छ । दशम भाव भनेको पिता, पेसा, प्रोफेसनल जीवन आदि को हो । त्यहाँ ग्रहण लागेको छ।
मध्यम फल दिने छ ।
पारिवारिक सुख दिने छ तर पेसा व्यवसायमा कठिनाइ आउन सक्ने छ ।
सहकर्मीहरू सँग सम्बन्ध राम्रो बनाउने प्रयत्न गर्नु होला ।
११. कुम्भ :
कुम्भ राशिहरुको चन्द्रलग्न बाट नवम भावमा ग्रहण लाग्ने छ । व्यक्तिको भाग्य, पिता सँगको सम्बन्ध स्वास्थ्य, अनि समग्र शुभत्वमा कमि ल्याउदछ ।
खर्चमा वृद्धि हुनेछ भने जागिर, पेसामा धेरै मेहनत गर्नुपर्ने छ ।
लामो दुरीको यात्रामा कठिनाइ आउने छ । सावधानी पूर्वक यात्रा गर्नु होला ।
मानसम्मानमा हानि हुन सक्छ बोल्दा ख्याल गर्नु उपयुक्त हुने छ ।
पिताको विशेष ख्याल गर्नुहोला ।
१२. मिन राशि :
मिन राशिहरूको लागि शुभ छैन ।चन्द्रलग्न बाट अस्टम् भावमा ग्रहण लाग्नेछ ।
विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।
सवारीसाधन चलाउदाखेरी विशेष ध्यान पुर्याउनुहोला।
सञ्चित धन नास हुनेछ । बोलिमा ख्याल गर्दै आफ्नो कार्य गर्नुहोला ।
Note : ग्रहणको प्रभाव ६ दिन देखि १५ दिन सम्म पर्न सक्छ ।
