मूलढोकाको चुकुल काटेर भयो घरमा चोरी ।खबर बुटवल

कार्तिक ११ ।बुटवल

जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नम्बर १३ को बेलबासमा चोरी भएको छ। उक्त चोरी बेलबासको चोक देखि महेन्द्र राजमार्गको करिब २५० मिटर उत्तर तर्फ रहेको चन्द्रमा पथमा दिपा नेपालीको घरमा भएको हो। दिपा नेपाली आफू असोज १४ गते पहाड घर गुल्मीको पुर्कोट गएकी र असोज २२ गते घरका सम्पूर्ण सदस्य समेत गाउँ गएको दिपा नेपालीले बताईन।

ढोकाको चुकुल काटिएको तस्वीर

दिपा नेपालीको परिवार भारतको पन्जाब राज्यको लुधियानामा बस्दै आएको तर दिपा नेपाली आफ्नो छोरा संगै गत साल २०७८ असोज देखि बेलबासमा बस्दै आएकी थिइन्। हाल उनका श्रीमान् रोजगारीको सिलसिलामा पन्जाबमै कार्यरत रहेको उनले बताईन।

दराजको अवस्था र प्रहरीको उपस्थिति

कार्तिक ११ गते तिहार सकिए लगत्तै पहाड घरबाट फ़र्किएपछि घरमा आउदा अचानक ढोकाको चुकुल काटिएको, ढोका तथा दराज खुल्लै र भित्र सबै भताभुङ्ग भएको देख्दा घरमा चोरी भएको थाहा पाईन। सो अवस्था देख्नासाथ छिमेकी र नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएको उनले बताईन। घरधनी दिपाले दराजमा राखेको ६०,०००/-(साट्ठी हजार मात्र) नगद तथा भिवो (VIVO smart phone) को स्मार्ट फोन चोरी भएको जानकारी खबर बुटवलका संवाददाता लाई दिईन।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.