भिजन कृषि सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारण सभा सम्पन्न ।खबर बुटवल

कार्तिक १९ ।बुटवल

जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नम्बर १३ को बेलाबासमा कार्यालय राखी मिति २०७६ माघ २९ गते तत्कालिन कुल ३२ जना शेयर सदस्यहरुको सहभागितामा दर्ता भएको सहकारी हो भिजन कृषि सहकारी संस्था लिमिटेड। भिजन कृषि सहकारी संस्था लिमिटेड को तेस्रो वार्षिक साधारण सभा २०७९ कार्तिक १९ गते बुटवल १३ स्थित बेलबासको अर्घाखाँची पार्टी प्यालेसमा सम्पन्न भएको छ। उक्त कार्यक्रम संस्थाका अध्यक्ष नेत्र प्रसाद पन्थीको अध्यक्षतामा संस्थाका सचिव कमल खनाल द्वारा संचालन गरिएको थियो।

कार्यक्रममा मुख्य अतिथिको रुपमा बुटवल उ म न पा का सहकारी विभाग प्रमुख गुनाखर खनाल तथा अतिथिको रुपमा अन्य सहकारी संस्थाका प्रतिनिधि ज्युहरुको सहभागिता रहेको थियो। अतिथिको रुपमा आस्था बहु-उद्धेश्य सहकारी बाट शोभाखर पोखरेल, उज्यालो बचत तथा ऋण सहकारी संस्था बाट पुरुषोत्तम बस्यालको सहभागिता थियो भने विवेकशील बचत तथा ऋण सहकारी बाट पूर्ण बहादुर कार्की, जितेश्वरी बचत तथा ऋण सहकारी बाट नारायण श्रेष्ठ तथा सचेत महिला सहकारी बाट पार्वती सुनार ज्यु को उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, अतिथि तथा संस्थाका अध्यक्षले पानसमा बत्ति बालेर गर्नु भएको थियो।

प्रमुख अतिथि गुणाखर खनाल द्वारा पानसमा बत्ति बाल्दै

कार्यक्रम को सुरुवात राष्ट्रिय गान गाएर गरिएको थियो। संस्थाका संचालक समिति सदस्य जमुना सुवेदीले कार्यक्रमा स्वागत मन्तव्य सहित प्रमुख अतिथि, सम्पूर्ण अतिथि गण तथा शेयर धनि सदस्य ज्यूहरुलाई स्वागत गर्नु भएको थियो। कार्यक्रममा अध्यक्ष नेत्र प्रसाद पन्थीले संस्थाको वार्षिक प्रतिवेदन संगै संस्थाले गरेका काम, आगामी योजनाको बारेमा समेत जानकारी गराउनु भएको थियो साथै कोषाध्यक्ष मंजु बस्नेत र लेखा संयोजक इश्वरी प्रसाद पोखरेलले आय व्यय तथा लेखा सम्बन्धि वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। यस भिजन कृषि सहकारीले गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भिजन पकेट च्याउ खेति संचालन गरेको थियो। गत असार मसान्त सम्म यस सहकारीमा १२२ महिला र ९८ जना पुरुष सहित कुल २१० जना शेयर सदस्य रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथिले कृषि सम्बन्धि योजना बनाएर सहकारी मार्फत अगाडी बढ्न सुझाव सल्लाह दिनुभएको थियो। संस्थाको विकासमा संचालक समिति मात्र नभई सम्पूर्ण शेयरहरुको पनि उतिकै भूमिका रहने हुदा सबै शेयर धनिलाई सक्रिय भएर सहकारीमा भएका गतिविधि र क्रियाकलाप बारे चासो राख्न समेत सुझाव दिनुभएको थियो।

आन्तरिक पर्यटनलाई प्रवर्धन गरी, नेपालको प्राकृतिक सुन्दरता लाई विश्व सामु चिनाउ

कार्यक्रममा संस्थाका अध्यक्षले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान का साथै यसै संस्थाका शेयर सदस्य लाल बहादुर गुरुङ लाई गत स्थानीय तहको निर्वाचनमा बुटवल उ म न पा-१३ बाट वडा सदस्य पदमा निर्वाचित भएकोमा सम्मान समेत गरिएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.