बुटवल ।पुष १०
जिल्ला रुपन्देहीको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक(डीएसपी) ठगबहादुर के सी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन्। डिएसपी केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगद समेत बरामद भएको प्रहरी स्रोतको भनाई छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ।

यहि पौष ०४ गते प्रहरी प्रधान कार्यालय ले ९ जना डिएसपी को काज सरुवा गरेको थियो जसमा बिगत १३ महिना देखि ईप्रका बुटवल मा कार्यरत डिएसपी ठग बहादुर को नाम समेत रहेको थियो। प्रहरी क्प्रधान कार्यालयले के.सी. को सरुवा जिल्ला प्रहरी कार्यालय कास्की मा सरुवा गरिएको थियो। सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट डिएसपी डा. तपन दाहाल नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।
Post Views: 210
