माघ, २१ ।बुटवल
ईलाका प्रहरी कार्यालय दुम्कीबास, नवलपरासी(ब सु पूर्व) द्वारा लागु औषध सहित दुइ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। हिजो माघ २० गते अन्दाजी १५:०० बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोला पुल स्थित पूर्व पश्चिम राजमार्गमा प्र. नि. राम नारायाण गुप्ताको कमाण्डमा खटिएको चेकिङ्ग टोलीले उक्त व्यक्ति र लागु औषध फेला पारेको थियो।

पश्चिम बाट पूर्व तर्फ जादै गरेको ग २० प ४३६० नम्बरको स्कुटीलाई चेक जाँच गर्ने क्रममा लागु औषध बरामद गरेको थियो।

पक्राउ पर्नेमा जिल्ला तनहुँ शुक्ला गण्डकी न पा ३ दुलैगाडा बस्ने वर्ष २९ का अर्जुन बस्याल र बर्ष ३५ का विक्रम श्रेष्ठ रहेका छन्। उनीहरुको साथ् बाट डाइजेपाम-२६४ एम्पुल, नोफिन-२६१ एम्फुल, फेनेरागन-२६१ एम्पुल फेला परेको थियो। पक्राउ परेका व्यक्तिलाई सम्मानित जिल्ला अदालत समक्ष म्याद थप गर्नको लागि भोलि आइतबार पेश गरिने र उक्त व्यक्ति उपर लागु औषध ओसार पसार गरेको कसुरमा लागु औषध नियन्त्रण ऐन बमोजिम कारवाही हुने ईप्रका दुम्कीबासका इन्स्पेक्टर राम नारायण गुप्ताले बताए।

