बुटवल ।फाल्गुन २२
अत्यन्तै भिडभाड हुने ठाउँ बनेको बुटवल उप-महानगरपालिका वडा नम्बर १३ स्थित यातायात व्यवस्था कार्यालय नजिकै बिद्धुतीय तार को अवस्था निकै जोखिमपूर्ण रहेको छ। बेलबासको पौडेल पथ तथा नवज्योति पथको मिलन बिन्दु हुदै यातायात व्यवस्था कार्यालय जाने बाटो तथा वडा कार्यालयको पश्चिम पट्टिको गेट संगै रहेको बिद्धुतीय पोल र तारको अवस्थाले स्थानिय बासिन्दा र व्यवसायी लाई त्रसित बनाएको छ।

निकै लामो समय देखि उक्त तारको अवस्था अस्त व्यवस्त रहदा पनि कुनै निकायको ध्यानाकर्षण हुन सकेको छैन। यस बारे न बिद्धुत कार्यालयको ध्यान गयो न त स्थानिय जनप्रतिनिधि तथा कर्मचारीहरुको। वडा कार्यालय भवनको पर्खाल संगै जोडिएको उक्त बिद्धुतीय पोल र झुण्डीएको तारले कसैको ध्यान खिच्न नसकेको स्थानिय बासिन्दा बताउदछन। बाटो बाट करीब ४ -५ फिट को उंचाई मा करेन्ट प्रवाहित बिद्धुतीय तार झुण्डिदा बाटोमा हिडडुल गर्ने हरुले समेत जोखिम खेप्नु परेको छ। करेण्ट प्रवाह तार अस्त व्यस्त हुदा मानवीय क्षति हुन सक्ने र सवारी आवत जावत गर्दा ठुलो दुर्घटना समेत हुन सक्ने कुरा लाई जिम्मेवार निकायले बेवास्ता गरेको सो क्षेत्रका व्यवसायीहरुले बताएका छन्।

खबर बुटवल को सुझाव : कुनै अप्रिय दुर्घनटना अगावै सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक देखिन्छ। समयमै सम्बन्धित निकायको ध्यान पुगोस।
