रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का १७ औ डि आर आर क्षेत्रिले लिए पदभार ।

बुटवल ,   रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको 
१७ औ डिआरआर पदस्थापन समारोह  सम्पन्न भएको छ ।
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान बर्ष २०२३-२४ का डि आर आर रोसन कार्किले  बर्ष २०२४-२५ का डि आर आर बिक्रम क्षेत्रिलाइ  तिलोत्तमा स्थित होटेल पौवामा आयोजित एक  समारोहका बिच आफ्नो पद हस्तान्तरण गरेका हुन।  पद हस्तान्तरण गर्दै कार्किले आफ्नो कार्यकाललाइ सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाइ धन्यवाद ज्ञापन गरेका छ्न भने आफु निबर्तमान  डि आर आर हुदै गर्दा पनि रोट्रयाक्ट डिष्ट्रिक र रोट्रयाक्ट अभियानमा सदैव सहयोग गर्ने बताए । डि आर आर को पदभार ग्रहण गर्दै बर्ष २०२४-२५ का डि आर आर बिक्रम क्षेत्रिले आफ्ना कार्ययोजनाहरु प्रस्तुत गर्दै आफ्नो कार्यकालमा  रोट्रयाक्ट डिष्ट्रिक ३२९२ लाइ अझ उचाइमा पुर्याउने गरि काम गर्ने प्रतिबद्धता जनाए भने आफ्नो कार्यकाल सुरुवात अगाबै  विभिन्न ५ वटा महत्त्वपूर्ण कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि  रोटरी बर्ष  २०२४-२५ का डिष्ट्रिक गभर्नर राजेन्द्रमान सेरचनले रोट्रयाक्ट अभियान र  डि आर आर बिक्रम क्षेत्रिको योजनालाइ सफल बनाउन रोटरी डिष्ट्रिक र आफ्नो तर्फबाट भरपुर गर्ने र  आफ्नो कार्यकालमा रोट्रयाक्टरलाइ सगै लिएर अगाडि बढ्ने बताए  । कार्यक्रममा निबर्तमान रोटरी डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजु, पुर्ब गभर्नरद्वय सन्जय गिरि , जितेन्द्र बहादुर राजभण्डारी ,   डिआरसिसि कृष्ण प्रसाद पाण्डे ,रोटरीयन एजाज आलम आइडिआर दिपशन अधिकारी लगायतले सुभकामना मन्तव्य राखेका थिए ।

रोट्रयाक्ट डिष्ट्रक ३२९२ अन्तर्गतका १० वटा क्लबहरुको आयोजना र १३ वटा क्लबहरुको सह-आयोजनामा सम्पन्न कार्यक्रम रोट्रयाक्ट डिष्ट्रिक बर्ष २४-२५ का डि आर आर इलेक्ट दिनेश गैरेको स्वागत, डिष्ट्रिक २४-२५ का एसिस्टेन्ट सेक्रेटरी अनुप पाण्डेको धन्यवाद ज्ञापन र डिष्ट्रिक सेक्रेटरी सुबिन खड्काको संचालनमा सम्पन्न  भएको थियो ।   कार्यक्रममा ४०० भन्दा बढीको सहभागीता रहेको बर्ष २०२४-२५ का डिष्ट्रिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.