नेपाल प्रहरीका ईन्स्पेक्टर मल्ल लाई IPS तालिममा Best Gentleman Probationer in Physical Training” को उपाधि

भारतको हैदरावाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी SVP National Police Academy मा संचालित IPS 76 RR समुहमा नेपाल प्रहरीका तर्फबाट सहभागी प्रहरी निरीक्षक सनम मल्लले “Best Gentleman Probationer in Physical Training” उपाधि हासिल गरेका छन्।

नेपाल प्रहरीका एक प्रतिभाशाली अधिकृत सनम मल्लले प्रतिष्ठित ‘सर्वोत्कृष्ट भद्र पुरुष प्रशिक्षार्थी’ पदक प्राप्त गरेका छन्। यो पदक उनलाई शारीरिक प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनका लागि प्रदान गरिएको हो। हरेक वर्ष नेपाल प्रहरीले भारतमा आयोजना गरिने भारतीय प्रहरी सेवा (IPS) तालिममा आफ्नो प्रतिनिधित्व गर्दै अधिकृत प्रशिक्षार्थीहरू पठाउने गर्दछ, जसमा विभिन्न क्षेत्रहरूमा उनीहरूको क्षमता र दक्षताको परीक्षण हुन्छ।

मल्लले आफ्नो शारीरिक क्षमता, अनुशासन, र कडा परिश्रमको उदाहरणीय प्रदर्शन गर्दै यो उच्च सम्मान हासिल गरेका हुन्। यो सम्मान नेपाल प्रहरीको गरिमा बढाउने एक महत्वपूर्ण उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली अधिकृतहरूको प्रतिभालाई चिनाएको छ। IPS तालिम नेपाल र भारतबीचको सुरक्षा र प्रशिक्षण साझेदारीको महत्वपूर्ण हिस्सा हो, जसले दुवै देशका सुरक्षाकर्मीहरूलाई उच्चस्तरीय प्रशिक्षणको अवसर प्रदान गर्दछ।

बिगतका वर्षहरुमा पनि नेपाल प्रहरीका प्रशिक्षार्थीहरूले यस तालिममा सहभागी भई शारीरिक र बौद्धिक परीक्षणहरू पार गर्दै आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन्। यस पटक सनम मल्लले आफ्नो अद्वितीय प्रदर्शनद्वारा नेपाल प्रहरीको गरिमा कायम राख्न सफल भएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.