अधिवक्ता गोविन्द पन्थीको नेतृत्वमा “सरोकार केन्द्र”को स्थापना

अधिवक्ता गोविन्द पन्थीको नेतृत्वमा “सरोकार केन्द्र”को स्थापना। गोविन्द पन्थी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक हुन्। नेपाल प्रहरी को मानव बेचबिखन अनुसंधान ब्युरो, उपत्यका अपराध अनुसंधान कार्यालय लगायत का विभिन्न कार्यालयमा रहदा जनमुखी एबम उत्कृष्ट अनुसंधान गर्न सफल भै भरखरमात्र अबकाश भएर अधिबक्ता को रुपमा सेवा प्रदान गर्दै आएका गोविन्द पन्थी को नेतृत्वमा “सरोकार केन्द्र “को स्थापना भएको छ।

पन्थी प्रहरीमा कार्यरत रहदा उल्लेखनीय कार्य गरेको भन्दै पटक पटक पुरस्कृत भै रास्टृय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गर्न सफल भएका उत्कृष्ट प्रहरी अधिकारि थिए । सेवा-निबृत पन्थी अहिले अधिवक्ताको रुपमा कानुनि परामर्श तथा सेवा प्रदान गरि राखेका छन्। पन्थी को नेतृत्व मा खोलिएको उक्त संस्था को मुख्य उद्देश्य सामाजिक संजाल बाट हुने अपराध , मानब बेचबिखन तथा ओसारपसार , वैदेशिक ठगी बाट कसरी बच्ने सम्वन्धमा जनचेतना फैलाउने,असहाय र उत्पीडित र रकम को अभाब मा न्यायको पहुँचमा पुग्न नसक्नेको हकमा निशुल्क बहस पैरबी गर्ने र असहाय ,महिला बालबालिका तथा जेष्ठ नागरिक को संरक्षण गर्ने र बेथिति र अनियमितता को खबरदारी गर्ने रहेको छ। उनको नेतृत्वमा गठित ” सरोकार केन्द्र”का बेथिती र अनियमितताको निरन्तर खबरदारी, सामाजिक संजालको गलत प्रयोग, मानव बेचबिखन तथा ओसारपसार , वैदेशिक ठगी एबम अलपत्र परेकाहरु लाई उद्दार जस्ता अपराधविरुद्ध जागरूकता फैलाउने प्रतिबद्धता वास्तवमै प्रशंसनीय छन।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.