प्यारामाउन्टले जित्यो इ प्लानेट लुम्बिनी छनोट क्रिकेटको उपाधि ।

बुटवल ,

इ प्लानेटको आयोजनामा हुन गइरहेको  राष्ट्रिय स्तरको उच्च माध्यमिक विद्यालय क्रिकेट च्याम्पियनशिप अन्तर्गत  लुम्बिनी प्रदेशको  छनोट खेल सम्पन्न भएको छ । लुम्बिनी छनोटको फाइनल खेलमा प्यारामाउन्ट बोर्डिङ हाई स्कूलले एभरेस्ट इंग्लिश बोर्डिङ हाई स्कूललाई ८ विकेटले हराउँदै लुम्बिनी छ्नोटको उपाधि जितेको हो । प्रतियोगितामा शान्ति नमुना , कान्ति , एभरेस्ट ,  प्यारामाउन्ट, न्यु होराइजन, होराइजन गौतम बुद्द, अक्सफोर्ड , सेन्ट जोसेफ गरि जम्मा ८ बिद्यालय टिमको सहभागीता रहेको थियो।

पुष २३ देखि २६ गते ०३ दिनसम्म तिलोत्तमा स्थित नव जीवन क्रिकेट मैदानमा संचालित प्रतियोगितामा प्यारामाउन्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। ब्याटिङमा उत्रिएको एभरेस्ट इंग्लिश बोर्डिङ हाई स्कूलले १० ओभरमा ६२/९ को स्कोर बनाएको थियो। एभरेस्टको लागि प्रमुख स्कोरर रवि यादव (१६ रन, ११ बल) र प्रणिप पाण्डे (७ रन, ८ बल) बनाएका थिए । प्यारामाउन्टका बलर शिव कुँवरले २ ओभरमा १ मेडन ओभर सहित ६ रन खर्चेर ४ विकेट लिए भने सागर गैरेले २ ओभरमा २ रन खर्चेर ३ विकेट लिए। प्यारामाउन्ट बोर्डिङ हाई स्कूलले ६३ रनको लक्ष्य ७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो खेलमा सन्देश पन्थीले २६ बलमा ४१ रन बनाए भने शिव कुँवरले ६ बलमा ८ रनको योगदान गरे।एभरेस्टका बलर आयुष जैस्वाल र कृष्ण चन्द चौधरीले १-१ विकेट लिए।  इ प्लानेट राष्ट्रिय उच्च माध्यमिक विद्यालय स्तरीय  क्रिकेट च्याम्पियनशिप लुम्बिनी प्रदेशको छनोट चरणको समापनको अवसरमा  इ प्लानेट बुटवलका प्रबन्ध निर्देशक बिशाल राज शाक्यको अध्यक्षता ,  तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यता , क्रिकेट संघ नेपाल (CAN) का सहायक प्रशिक्षक बसन्त शाहि ठकुरी र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीको बिशिस्ट आतिथ्यता रहेको थियो । लुम्बिनी छनोटको बिजेता प्यारामाउन्ट बोर्डिङ हाई स्कूलले नगद रु ५०,००० रुपैया पुरस्कार प्राप्त गरेको छ। खेलमा  प्यारामाउन्ट बोर्डिङ हाई स्कूलका शिव कुँवर  प्लेयर अफ द म्याच घोषित भएका छन। लुम्बिनी छनोटबाट विजयी प्यारामाउन्ट बोर्डिङ हाई स्कुलले अब राष्ट्रिय स्तरको  खेलमा प्रतिस्पर्धा गर्नेछ। राष्ट्रिय स्तरको  खेल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने इ प्लानेट बुटवलकि संचालन प्रमुख बिमला ज्ञवालिले जानकारी दिइन। खेलको मिडिया पार्टनरको रुपमा रुटिन अफ नेपाल बन्द रहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.