
डब्बो नेपाली समाज अष्ट्रेलिया(डिएनसिए) को वार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले राजिव भट्टराईको नेतृत्वमा ३२ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ जसको अध्यक्षमा राजिव भट्टराई, उपाध्यक्षमा सन्तोष कोइराला, सचिवमा सुरेश घिमिरे, कोषाध्यक्षमा शर्मिला महर्जन र कार्यकारी सदस्यहरूमा क्रमश माधव घिमिरे, दिनेश अधिकारी, प्रेम दाहाल, प्रज्वल श्रेष्ठ, दुकम् पुन, पुन्जन भण्डारी, सरोज पाण्डे, सुनिल कुमार श्रेष्ठ, जोहेब पौडेल, अग्रीता श्रेष्ठ, अनुराधा कोइराला, दिया वझा भट्टराई प्रतीक्षा घिमिरे, बिकाश दवाडी, सुबाश बुढाथोकी, सफल पोख्रेल, डोलराज ढकाल, कमल पुन, भुवन लम्साल, दिनेश ढुंगाना, नबिन खड्का, महेन्द्र भट, सरोज श्रेष्ठ, सुवराज मैनाली रहेका छ्न । त्यसैगरी समितिले सल्लाहकारहरूको पनि चयन गरेको छ। सल्लाहकारहरूमा क्रमश सञ्जीव कुमार श्रेष्ठ, रमेश शर्मा, बालचन्द्र श्रेष्ठ, सुनिल भण्डारी, अच्युत लुइटेल चयन भएका छन । साधारण सभा निवर्तमान अध्यक्ष सुनिल भण्डारी र निवर्तमान सचिव अचुत लुइटेलको सञ्चालनमा सम्पन्न भएको थियो। डब्बो नेपाली समाज अष्ट्रेलिया(डिएनसिए) ले स्थापनाकालदेखि नै विभिन्न रचनात्मक र उत्कृष्ट सामाजिक कार्यहरू संचालन गर्दै आएको छ। नयाँ कार्यसमितिले आगामी दिनमा पनि प्रभावकारी रूपले आफ्ना कार्यक्रमहरूलाई अगाडि बढाउने र समाजको लागि अझ उत्कृष्ट भविष्य निर्माण गर्ने गरी कार्ययोजनाहरू अगाडि बढाउने र यसमा सबैको साथ र सहयोगको अपेक्षा रहेको नवनिर्वाचित अध्यक्ष भट्टराईले बताउनुभयो ।
