रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले मनायो स्थापनाको २३ औँ वर्ष ।

बुटवल ,
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले आफ्नो स्थापनाको २३ औँ वर्ष मनाएको छ। बुधबार एक कार्यक्रमका बीच क्लब सचिवालय हिलपार्कमा स्थापनाको २३ औं वर्ष मनाइएको हो। स्थापना दिवस क्लबका संस्थापक सदस्य पूर्व अध्यक्षहरू, बोर्डका पदाधिकारी तथा सदस्यहरूको बीचमा खुसी साटासाट गरी मनाइएको थियो । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन डाउनका अध्यक्ष डिल्लीराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक सदस्य राजु पौडेल, पूर्व अध्यक्ष एवं प्रेसिडेन्ट काउन्सिल अध्यक्ष बालकृष्ण पाण्डे, क्लबका पूर्व अध्यक्षहरु जीवनप्रसाद अधिकारी ,राजिव गौतम, रामप्रसाद बेलबासे, सौरभ भुसाल, रोटरि क्लब अफ बुटवल डाउनटाउनका पूर्व अध्यक्ष एवं हिलपार्क परिषद्का अध्यक्ष टंकप्रसाद पराजुली, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का सचिव सुबिन खड्का, जोन १८ का जेडआरआर दिवस खनाल, इनट्रयाक्टर  कल्पित घिमिरे लगायतले क्लबको स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य दिएका थिए। शुभकामना दिदै रोट्रयाक्ट क्लब अफ बुटवल डाउन डाउनले २३ बर्षको अन्तरालमा धेरै नेतृत्व जन्माइसकेको र सामाजिक क्षेत्रमा थुप्रै महत्त्वपूर्ण कार्यहरु गरेको स्मरण गराउदै आगामी दिनमा पनि आ आफ्नो तर्फबाट क्लबको लागि जस्तोसुकै सहयोग गर्न  तयार रहेको बताएका थिए । स्थापना दिवसको कार्यक्रममा क्लबका अध्यक्ष डिल्लीराज ढकालले संस्थापक सदस्य पूर्व अध्यक्षहरू, बोर्डका पदाधिकारी तथा सदस्यहरूलाइ मायाको चिनोद्वारा सम्मान गरेका थिए । क्लबका निर्वाचित अध्यक्ष एवं कार्यक्रम संयोजक आबिस्कार खनालको स्वागत , निवर्तमान अध्यक्ष कृष्ण प्रसाद घिमिरेको धन्यवाद र सचीव मन्जु गिरिको संचालनमा कार्यक्रम  सम्पन्न भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.