रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पुर्ब अध्यक्षहरुको भेलाले गर्‍यो भट्टराईको नेतृत्वमा काउन्सिल गठन ।

बुटवल ,
रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पुर्ब अध्यक्षहरुको भेलाले पुर्ब अध्यक्षहरुको परिषद (प्रेसिडेन्ट काउन्सिल ) गठन गरेको छ ।हिजो  बुधबार बसेको बसेको  साउथका पुर्ब अध्यक्षहरुको भेलाले रोट्रयाक्ट क्लब अफ बुटवल साउथ बर्ष २०११/१२ का अध्यक्ष यादव भट्टराईको अध्यक्षतामा पुर्ब अध्यक्ष परिषद (प्रेसिडेन्ट काउन्सिल) गठन गरेको हो जसको पदाधिकारीहरुमा क्लबका पुर्ब अध्यक्षहरु धुब्र केसि( बर्ष २०१४/१५), रितेश ज्ञवालि ( बर्ष २०१५/१६),  भुपेन पाण्डे  ( बर्ष २०२२/२३) र सुबिन खड्का ( बर्ष २०२३/२४) चयन भएका छ्न भने परिषदको कोषाध्यक्षमा पुर्ब अध्यक्ष  कृष्ण भुसाल ( बर्ष २०२०/२१) र सचिवमा रोट्रयाक्ट क्लब अफ बुटवल साउथका बर्तमान अध्यक्ष सुदिप पौडेल चयन भएका छ्न । परिषदको सचीव पदमा  रोट्रयाक्ट क्लबको बर्तमान अध्यक्ष स्वतह रहने प्राबधान रहेको छ। परिषदको अध्यक्षमा चयन भएसगै भट्टराईले  रोट्रयाक्ट क्लब अफ बुटवल साउथको प्रेसिडेन्ट काउन्सिलको  माध्यमबाट सम्पुर्ण पुर्ब अध्यक्षहरुलाइ जोड्ने र रोट्रयाक्ट क्लब अफ बुटवल साउथका गरेका गतिविधिहरुमा साथ र सहयोग प्रदान गर्दै रोट्रयाक्ट क्लब अफ बुटवल साउथको गरिमालाइ अझ उचो बनाउनका लागि आफु नेतृत्वको प्रेसिडेन्ट काउन्सिलले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.