फ्लयरकोड ईन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टको नबौ वार्षिकउत्सव सम्पन्न।

बुटवल ,

बुटवलको तिनकुनेमा केन्द्रिय कार्यलय रहेको फ्लयरकोड ईन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टको नबौ वार्षिकउत्सवको अबसरमा द ब्याटल अफ च्याम्पियन खुला लाते आर्ट (कफि आर्ट ) थ्रो डाउन प्रतियोगिता सम्पन्न भएको छ । सन २०१६ जनवरि २३ मा स्थापना भएको फ्लयरकोड ईन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टको नबौ वार्षिकउत्सवको अबसरमा द ब्याटल अफ च्याम्पियन खुला लाते आर्ट (कफि आर्ट ) थ्रो डाउन प्रतियोगिता गरिएको हो । प्रतियोगितामा ३८ जना प्रतियोगिहरु सहभागी रहेका थिए। चार चरणको प्रतियोगिताबाट फाइनल राउन्डमा पुगेका पाँचजनामध्ये  उमा गुरुङ प्रथम अन्जिला गुरुङ द्वितीय र अभिषेक शर्माले तृतीय स्थान हासिल गर्न सफल भएका छ्न भने विनोद थापाले चौथो र प्रेमबहादुर गुरुङले पाँचौं स्थान हासिल गर्न सफल भएका छन्।

बार्सिकउत्सव कार्यक्रम  फ्लयरकोड ईन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टका संचालक सन्जय घिमिरेको अध्यक्षता , नेप्लिज होटलियर्स एशोशियन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष प्रबिन बहादुर पाठकको प्रमुख आतिथ्यता , इको फार्मका संचालक समुन्द्र जिसिको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा मदन थापा ,प्रसिम  खनाल, राजिव खनाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले फ्लयरकोड ईन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टको नबौ वार्षिकउत्सवको अबसरमा लुम्बिनी प्रदेशमै पहिलो पटक  द ब्याटल अफ च्याम्पियन खुला लाते आर्ट (कफि आर्ट ) थ्रो डाउन प्रतियोगिता जस्तो पृथक कार्यक्रम गरेको भन्दै प्रशसा व्यक्त गर्नुभयो भने एउटै व्यवसायमा नौ वर्षसम्म टिकेर काम गर्न सक्नु अहिलेको अवस्थामा ठूलो सफलता भएको बताउनुभयो। कार्यक्रममा बिशिस्ट अतिथि समुन्द्र जिसि , अतिथि मदन थापा लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो । फ्लयरकोड ईन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टका संचालक सन्जय घिमिरेले स्थापनाको ०९ बर्षको अबधिमा केन्द्रिय कार्यलय बुटवल , साखा कार्यलयहरु सैनामैना , कपिलवस्तु  र बर्दघाट बाट गरि करिब दस हजार जनालाइ बरिस्ठा , बेकरि , बार टेण्डर , सुसि पिज्जा र बर्गरको सिप प्रदान गरेको र ति मध्ये अधिकास  स्वदेश तथा बिदेशमा रोजगारी सगै ब्यबसायमा आबद्ध हुन सकेको बताउनु भयो । फ्लयरकोडका प्रबन्ध निर्देशक बिन्दु खरेल घिमिरेको स्वागतमा भएको कार्यक्रममा प्रमुख निर्णायकको भूमिकामा आशिस राना र निर्णयको भूमिकामा , अभिनास गुरुङ र सुमित गुरुङ रहनुभएको थियो। कार्यक्रममा क्विज सेसनसँगै लक्की ड्र लगायतका कार्यक्रमहरू समावेश गरिएको थियो। विजेताहरूलाई अवार्डद्वारा सम्मान गरिएको थियो भने सहभागी सम्पूर्णलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.