बुटवल ,
नमस्ते नेपाल केन्द्रीय वृक्षारोपण विभाग एवं शंकरनगर दुर्गादत्त माविको संयुक्त आयोजनामा नमस्ते नेपाल केन्द्रीय कोषाध्यक्ष एवं मधेस प्रदेश इन्चार्ज बरदान आचार्यको जन्मदिनको अबसर पारी शंकरनगर दुर्गादत्त माविको प्राङ्गणमा जन्मदिन स्मारिका पार्कमा वृक्षारोपण सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
नमस्ते नेपालका केन्द्रीय समिति अध्यक्ष मनिष भुषालको अध्यक्षता , दुर्गादत्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कँडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हरियाली प्रवर्द्धन समिति सह संयोजक ईश्वरी भण्डारी र विद्यालयका प्राचार्य चण्डीप्रसाद पाण्डेको बिशिस्ट आतिथ्यता रहेको थियो भने कार्यक्रमको अतिथिको रूपमा नमस्ते नेपालका संस्थापक अध्यक्ष एवं संरक्षक अर्जुन खरेल नमस्ते नेपालका शुभचिन्तक आविष्कार खनाल ,नमस्ते नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष जीवन पाण्डे लगायतको आतिथ्यता रहेको कार्यक्रममा नमस्ते नेपालका सदस्यहरु सगै स्कुल तथा कलेजका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । जन्मदिन स्मारिका पार्क वृक्षारोपण सुभारम्भ कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथि एवं विद्यालयका प्राचार्य चण्डीप्रसाद पाण्डेले नमस्ते नेपालले गरेको यो रचनात्मक कार्यमा विद्यालय ले सधै सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दुर्गादत्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कँडेलले जन्मदिनमा वृक्षारोपण कार्यक्रम उदाहरणीय कार्यक्रम रहेकोले यसलाई आफू लगायत विद्यार्थीहरू र शिक्षकहरूको जन्मदिनमा वृक्षारोपण गर्ने बाताबरणको सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं नमस्ते नेपाल केन्द्रिय अध्यक्ष मनिष भुसालले यस पार्कलाई अझै व्यवस्थित बनाउने र नमस्ते नेपालका सदस्यहरूको जन्मदिनमा गरिने वृक्षारोपण अबदेखि स्कुल प्राङ्गणमा आएर गर्ने बताउनुभयो। बरदान आचार्यको स्वागत रहेको कार्यक्रमको सञ्चालन नमस्ते नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज भुवन सुवेदिले गर्नुभएको थियो।
