फोहोर टिप्दै १५ देखि ५५ हजार नगद जित्ने प्रतियोगिता बुटवलमा हुदै ।

बुटवल,

बुटवलमा ट्रयास रेस (फोहोर संकलन गर्दै दौडिने ) प्रतियोगिता हुने भएको छ “सफा सहर, हाम्रो रहर ,राम्रो बुटवल हाम्रो बुटवल “भन्ने नारासहित यही माघ १९ गते सफाईको जागरणका लागि बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने भएको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पुरा भएको आयोजक क्लोथ एण्ड फुड बैंक बुटवलका कमल जिसीले बताए ।प्रतियोगिता बुटवल उपमहानगरपालिकाको सहयोग र  ग्रेस इन्टरनेशनलको प्रायोजनमा हुन लागेको हो । मनोरञ्जनसंगै युवा जागरणलाई जोडेर नया अभियान बुटवलमा सुरुवात गरेको उनले बताए । काठमाडौमा सरसफाई अभियान चलाउँदाको सिकाईबाट आफ्नै क्षेत्र बुटवलमा नयाँ थालनी गर्न लागेको उनले बताए ।बुटवल  क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा करिब  ८५० जनाको नाम दर्ता भैसकेको उनले बताए । सो प्रतियोगितामा १६ वर्ष उमेर माथिका युवाहरु सहभागी हुन सक्ने व्यवस्था रहेको उनले बताए ।  प्रतियोगितामा प्रथम हुनेले नगद रु ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद रु १५ हजार र र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भएको रेस क्लब डेनेभोमा आइ समापन हुनेछ । कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा पुगेर समापन हुनेछ ।कार्यक्रममा क्लोथ एण्ड फुड बैंक नेपालका सल्लाहकार राजिव गौतमले यो प्रतियोगिता वातावरण जोगाउने महत्वपूर्ण अभियान भएको बताए । बुटवलबाट नै सुरु भएको यो अभियान अहिले देशभर चलेको छ । सहभागीको लागि निःशुल्क फारमको ब्यवस्था रहेको उनले बताए ।
बुटवलको ६ किलोमिटर दूरीमा फोहोर उठाउन एक घण्टाको समयावधि तोकिएको कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले बताए प्रतियोगितामा सहभागीहरुले सडकमा भेटिएका प्लास्टिकजन्य पदार्थ दुई जना समूहमा रहने  जसमा एकजनाले फोहोर उठाउने र अर्कोले ब्यागमा राख्ने उनले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.