चितवनमा सम्पन्न भयो दोस्रो संस्करणको नेशन वाइड प्याथोलोजि क्विज ।


चितवन ,

रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल कलेजको आयोजनामा चितवन स्थित चितवन मेडिकल कलेजको बेसिक साइन्सेस ब्लक  कैलाशनगरमा दोस्रो संस्करणको नेशनवाइड प्याथोलोजि क्विज सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल कलेजको आयोजना रहेको उक्त कार्यक्रममा चितवन मेडिकल कलेजको प्याथोलोजि बिभागको सहयोग रहेको थियो। रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल कलेजकाअध्यक्ष प्रसिद्ध शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. ममता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो भने  अतिथिको रुपमा  प्राध्यापक डा. सुशना महर्जन , कलेजका कर्मचारी  बिप्लव अधिकारी लगायतको उपस्तिथि रहेको थियो । क्विज प्रतियोगितामा ३९ वटा समुहबाट गरि ११७ जनाको सहभागीता रहेको थियो भने ति समुहहरुले  देशैभरका विभिन्न मेडिकल कलेजहरुको प्रतिनिधित्व गरेका थिए जसमा चितवन मेडिकल कलेज भरतपुर , महाराजगञ्ज मेडिकल क्याम्पस काठमाडौं, बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काठमाण्डौ मेडिकल कलेज काठमाडौँ, किष्ट मेडिकल कलेज काठमाण्डौ, पाटन एकेडेमी अफ हेल्थ साइन्सेस, काठमाण्डौ, जानकी मेडिकल कलेज जनकपुर, नेशनल मेडिकल कलेज बिरगंज , देवदह मेडिकल कलेज देवदह, नोबेल मेडिकल कलेज विराटनगर, युनाइटेड कलेज अफ मेडिकल साइन्सेस भैरहवा र मणिपाल कलेज अफ मेडिकल साइन्सेस पोखरा रहेका थिए।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल कलेजका पदाधिकारी एवं सदस्य ,कलेजका प्राध्यापक, डाक्टर र कर्मचारी गरी करिव २३० जनाको उपस्तिथि रहेको थियो । क्विज प्रतियोगितामा  महराजगञ्ज मेडिकल कलेज प्रथम , मणिपाल कलेज अफ मेडिकल साइन्सेस द्वितीय र  बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तृतीय स्थान हासिल गर्न सफल भए। विजेता टिमहरूले क्रमश नगद रु २५ हजार , १५ हजार र १० हजार  संगै  ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे। विजेता टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. ममता तिवारीले पुरस्कार प्रदान गर्नुभएको थियो । गत वर्ष २७ वटा  टिमहरूको सहभागितामा पहिलो संस्करणको प्याथोलोजी क्विज उत्साहजनक रूपमा सम्पन्न भएकोले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिँदै दोस्रो संस्करणको क्विज सम्पन्न गरेको रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल कलेजका अध्यक्ष प्रसिद्ध शर्माले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.