
नवलपरासी ,
परासि बैकर क्लब नवलपरासीमा नया नेतृत्वको चयन भएको छ । परासिमा रहेका विभिन्न बैंक तथा बित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको आवद्धता रहेको बैकर क्लबको वनभोज तथा बार्सिक अधिबेशन बाट प्रभु बैक परासी शाखाका प्रबन्धक यादव भट्टराईको अध्यक्षतामा नया नेतृत्वको चयन गरिएको हो जसको उपाध्यक्षमा आशिष पन्थी नबिल बैक ,सचिब कृष्ण गौतम सिद्धार्थ बैक, कोषाध्यक्ष राम नरेश प्रसाद गुप्ता एन एम बि बैक,सह सचिब कृष्ण गुरुङ महालक्ष्मी बिकास बैंक र कार्यसमितिको सदस्यहरूको रुपमा परासीमा रहेका सबै बैकका शाखा प्रबन्धकहरु रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो। आफ्नो कार्यकालमा परासी बैंकर क्लबले परासी क्षेत्रमा कार्यरत सम्पूर्ण बैंकरहरूबीच आपसी भाइचारा , सद्भाव र एकता कायम गर्ने गरी अगाडि बढ्ने साथै सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यहरू गर्ने योजना रहेको उहाले बताउनुभयो । फरकफरक बैंक तथा वित्तीय संस्थामा काम गरेता पनि बैंकरहरूबीच आपसी चिनजान र भाइचारा कायम गर्ने उदेश्यका साथ उक्त क्लबको स्थापना भएको निबर्तमान अध्यक्ष मिना पान्डेले बताउनु भयो ।

