
बुटवल ,
लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा बुटवल सुख्खानगर स्थित मानव सेवा आश्रममा बुधबार बेलुकाको भोजन खुवाउने कार्य भएको छ । लायन्स क्लब अफ बुटवल क्षितिजका संस्थापक सदस्य एवं बर्ष २०२४/२५ इन्टरनेसनल रिलेसनसिप डाइरेक्टर हाल युकेमा रहनुभएका लायन क्षितिज प्रधान ज्युको सुभ जन्म दिनको अबसरमा उहाको सौजन्यमा लायन्स क्षितिज मार्फत मानव सेवा आश्रम बुटवलमा आश्रित करिब ४८ जनालाइ भोजन सेवा गरिएको क्लबले जनाएको छ ।
लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आबिष्कार खनालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ पि का प्रथम भिडिजि एमजेफ लायन बालाराम भट्टराईको प्रमुख आतिथ्यता , डिष्ट्रक क्याबिनेट सेक्रेटरी एमजेफ लायन माधव खनालको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रक जिएमए कोर्डिनेटर एमजेफ लायन एम एल पाण्डे , डिष्ट्रक पिराओ इन चिफ एमजेफ लायन एकादेव बस्याल,लायन्स क्लब अफ बुटवल क्षितिजका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ , क्लबका पुर्ब अध्यक्ष नारायण थापा , क्लबका आइपिपि ध्रुब कुमार शर्माको आतिथ्यता रहेको थियो भने लायन्स क्लब अफ बुटवल क्षितिजका टेल टुविस्टर एवं कार्यक्रम संयोजक सागरविक्रम पाँडे लियो क्षितिजका सचिव स्वेच्छा ज्ञवाली , मानव सेवा आश्रम बुटवलका मेडिकल पर्सन पवित्रा लम्साल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रक ३२५ पि का प्रथम भिडिजि एमजेफ लायन बालाराम भट्टराईले लायन्स क्लब अफ बुटवल क्षितिजले जहा आबश्यकता त्यहा सेवा र सहयोग भन्ने भावले काम गर्दै समाजको आवश्यकताको आधारमा समय सापेक्ष उत्कृष्ट कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउदै यस्तै सामाजिक कार्यहरूलाइ निरन्तरता दिन आग्रह गर्दै यो कार्यक्रम निकै उत्कृष्ट भएको बताउनुभयो। कार्यक्रमका बिशिस्ट अतिथि डिष्ट्रक क्याबिनेट सेक्रेटरी एमजेफ लायन माधव खनालले आफु बिदेशमा रहेर पनि आफ्नो जन्म दिनको अबसरमा आफु आवद्ध लायन्स क्षितिज मार्फत उत्कृष्ट सामाजिक कार्य गरेको भन्दै लायन क्षितिज प्रधानलाइ धन्यवाद व्यक्त गर्दै येस्तो सामाजिक कार्यलाइ आगामि दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । आश्रमकि मेडिकल पर्सन पवित्रा लम्सालले लायन्स क्लब अफ बुटवल क्षितिज मार्फत आफ्नो जन्मदिनमा भोजन सेवाका लागि सहयोग प्रदान गर्नुहुने क्षितिज प्रधान र क्लबलाइ धन्यवाद दिनुभयो । अनलाइन मार्फत आफ्ना भनाइहरु राख्दै क्षितिज प्रधानले आफ्नो जन्मदिनमा लायन्स क्लब अफ बुटवल क्षितिजले यस्तो सामाजिक कार्यको व्यवस्थापन गरिदिएकोमा खुसी व्यक्त गर्दै आगामी जन्मदिनहरुमा पनि यस्तो सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ,लायन्स क्लब अफ बुटवल क्षितिजका संस्थापक अध्यक्ष राजीव श्रेष्ठको स्वागत र क्लबका सचीव प्रदिप गुप्ताको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
