इसेवा एजेन्ट र मर्चेन्टका लागि बुटवलमा प्रशिक्षण ।


बुटवल ,

वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभलपमेन्टको सहकार्यमा बुटवलमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।बुटवलकाे सिद्धार्थ कटेजमा सम्पन्न  कार्यक्रम इसेवा एजेन्ट तथा मर्चेन्टहरूका लागि लक्षित गरीएकाे थियाे । कार्यक्रममा इसेवाको तर्फबाट डिजिटल फाइनान्सीयल लिटरेसी, ईन्भेष्टमेन्ट तथा फ्रडबाट कसरी जाेगिने भन्ने बारेमा सहभागीहरुलाई  प्रशिक्षण दिइएको थियो ।


जिएसएमएको तर्फबाट अधिकारिक प्रतिनिधि दिनानाथ भण्डारीले प्राकृतिक प्रकोपबाट कसरी बच्ने र त्यसमा इसेवा एजेन्ट्सको भूमिका कस्तो रहन्छ भन्ने कुराको जानकारी इसेवाको एजेन्टलाई जानकारी दिनु भयो । इसेवाले विभिन्न माध्यम मार्फत लुम्बिनी प्रदेशमा कार्यक्रमहरु संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि जनता माझ अझ शसक्त रुपमा लैजान बुटवल शाखा सदैब तत्पर रहेको बुटवल शाखा प्रमुख रबिन्द्र पाेख्रेलले  बताए । प्रशिक्षण कार्यक्रममा  लुम्बिनी प्रदेशका इसेवा एजेन्ट र मर्चेन्ट गरी कुल ३० जनाकाे सहभागीता थियाे । इसेवा नेपालकै अग्रणि वालेट सेवा प्रदाएक कम्पनी हाे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.