काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहको सरकारलाई चेतावनी: “एक हप्ताभित्र तलब नपाए टुकुचामा गाडिदिन्छु”

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई कडा चेतावनी दिएका छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा सरकारको ढिलासुस्तीका कारण महानगरका सरसफाई कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको भन्दै आक्रोश पोखेका छन्।

बालेन शाहका अनुसार, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्त नहुँदा वित्तीय कारोबार रोकिएको छ, जसका कारण कर्मचारीहरूको तलब समेत अड्किएको छ। उनले चेतावनी दिँदै लेखेका छन्, “अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु!”

बालेन शाहको यस चेतावनीपूर्ण पोस्टले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। पोस्ट सार्वजनिक भएको एक घण्टाभित्रै १ लाख ५० हजारभन्दा बढी प्रतिक्रियाहरू (reactions) आइसकेका छन् भने ३६ हजारभन्दा बढी मानिसहरूले कमेन्ट गरेका छन्। धेरैले बालेन शाहको दृढ अडानको प्रशंसा गरेका छन्। यस घटनाले महानगर र संघीय सरकारबीचको विवादलाई थप चर्काउने संकेत दिएको छ।

सरकारले हालसम्म प्रमुख प्रशासकीय अधिकृत नपठाउनुको कारण स्पष्ट नभए पनि मेयर शाहले यसलाई राजनीतिक हस्तक्षेपको रूपमा लिएका छन्। अब एक हप्ताभित्र सरकारले समाधान ल्याउने वा बालेन शाह थप कठोर कदम चाल्ने हुन्, त्यसतर्फ सबैको ध्यान गएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.