बुटवलमा दुइ दिने भलिबल प्रतियोगिता हुदै ।

बुटवल ,

बुटवलमा १२ औं  रोटरी रोट्रयाक्ट रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । रोट्रयाक्ट क्लब अफ बुटवल साउथले चैतको १५ र १६ गते बुटवलमा प्रतियोगिता गर्न  लागेको हो ।
क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै स्वर्गीय रोटरियन कमलराज पाठकको स्मृतिमा दुईदिने प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ ।क्लबका अध्यक्ष सुदीप पौडेलले प्रतियोगिताको तयारी अन्तिम  चरणमा पुगेको जानकारी दिनुभयो । रोट्रयाक्ट क्लब अफ बुटवल साउथले यस क्षेत्रमा रहेका रोट्रयाक्ट र रोटरी क्लबहरुलाई सहभागी गराएर हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको र यो बर्ष पनि त्यसैलाई निरन्तरता दिएको उहाले बताउनुभयो ।शुक्रवार प्रतियोगिताको उद्घाटन नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाँले गर्ने कार्यक्रम रहेको क्लबका निवर्तमान अध्यक्ष तथा  रोट्रयाक्ट डिस्ट्रिक सेक्रेटरी सुविन खड्काले बताउनुभयो । प्रतियोगिताका लागि हालसम्म  १५ वटा रोट्रयाक्ट र ५ वटा रोटरी क्लबले टिम दर्ता गराइसकेको र टिम दर्ता शुल्क ४ हजार राखिएको कार्यक्रम संयोजक तुलसीराम भण्डारी (इपल) ले जानकारी दिनुभयो। प्रतियोगिता दीपनगरस्थित लाफा समूहको खेल मैदानमा हुने  रोट्रयाक्ट डिस्ट्रिकका डिआरआर विक्रम क्षेत्रीले जानकारी दिनुभयो। रोटरी र रोटरीयन क्लवहरुबीच हुने येस्तो प्रतियोगिताहरुले सद्भाव र आत्मियताको भावना विकास हुने रोट्रयाक्ट डिस्ट्रिक मिडिया कोडिनेटर आविस्कार खनालले बताउनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.