साउथको आयोजनामा बुटवलमा रोटरी रोट्रयाक्ट रनिङ शिल्ड भलिबल प्रतियोगिता सम्पन्न ।

बुटवल ,

बुटवलमा १२ औं  रोटरी रोट्रयाक्ट रनिङ शिल्ड भलिबल प्रतियोगिता सम्पन्न  भएको छ । रोट्रयाक्ट क्लब अफ बुटवल साउथको आयोजनामा  शुक्रबार र शनिबार गरि दुइ दिन सम्म प्रतियोगिता चलेको हो । स्वर्गीय रोटरियन कमलराज पाठकको स्मृतिमा भएको प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिका नगर खेलकुद समितिका संयोजक बोनिन पियाले गर्नुभएको थियो। क्लबका अध्यक्ष सुदीप पौडेलको अध्यक्षता नगर खेलकुद समितिका संयोजक बोनिन पियाको प्रमुख आतिथ्यता, रोट्रयाक्ट डिस्ट्रिकका डिआरआर विक्रम क्षेत्रीको बिशिस्ट आतिथ्यता स्वर्गीय रोटरियन कमलराज पाठक स्मृति भलिबल प्रतियोगिता संरक्षक एवं स्वर्गीय पाठककी धर्मपत्नी लक्ष्मी पाठक , स्वर्गीय पाठककी आमा ओफा पाठक ,रोटरी क्लब अफ बुटवल साउथका पूर्व अध्यक्ष सुन्दर पाठक, ध्रुवकुमार धिताल , जुन १९ काजी आरआर बिदुर ज्ञवाली लगायतको आतिथ्यता रहेको उद्घाटन सत्रमा  रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पूर्व अध्यक्ष र अन्य व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो। प्रतियोगिताका संयोजक तुलसीराम भण्डारी (इपाल)को स्वागत मन्तव्य रहेको उद्घाटन सत्रको सञ्चालन सचिव राहुल न्यौपानेले गर्नुभएको थियो। १५ वटा रोट्रयाक्ट र ५ वटा रोटरी गरी जम्मा २० टिमको सहभागिता रहेको प्रतियोगितामा रोटरीतर्फ रोटरि इ क्लब अफ मेडीको फ्युजन हाइब्रिड नेपाल विजेता भएको छ भने रोटरि क्लब अफ बुटवल चौतारी उपविजेता भएको छ त्यसैगरी रोट्रयाक्ट तर्फ रोट्रयाक्ट क्लब अफ मणिग्राम विजेता भएको छ भने आयोजक रोट्रयाक्ट क्लब अफ बुटवल साउथ उपविजेता भएको छ। विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई आयोजक क्लबको तर्फबाट ट्रफी र मेडल समेत प्रदान गरिएको थियो। 

दीपनगरस्थित लाफा समूहको खेल मैदानमा भएको प्रतियोगिताको समापनको अवसरमा बोल्दै क्लबका अध्यक्ष सुदिप पौडेलले प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग पुर्याउनुहुने सम्पूर्ण अतिथिहरु ,सम्पुर्ण खेलाडीहरु, आरडिसी सदस्यहरु , रेफ्रीहरु स्वयंसेवकहरु साथै स्वर्गीय कमलराज पाठकका परिवारका सदस्यहरूलाई धन्यवाद दिनुभएको थियो। समापन कार्यक्रमको सञ्चालन शंकर काफ्लेले गर्नुभएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.