रोट्रयाक्ट डिस्ट्रिक्टको दोस्रो पिएस मिट चितवनमा सम्पन्न ।

चितवन,

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं रोट्रयाक्ट क्लब अफ चितवनको आतिथ्यता रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का १७ वटा क्लबहरुको सह आतिथ्यता साथै रोटरी क्लब चितवन र इनट्रयाक्ट क्लब अफ नारायणगढको सहकार्यमा दोस्रो पिएस मिट  चितवन स्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा सम्पन भएको छ । उद्घाटन सत्रको कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ चितवनका अध्यक्ष युगल कुमार श्रेष्ठले गर्नुभएको थियो भने पिएस मिट कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि शेरचनले रोटरी रोट्रयाक्टका कार्यक्रमहरु सहकार्य र समन्वयमा अगाडि बढाउँदै लैजादा कार्यक्रमको प्रभावकारिता बढ्ने र आजका रोडट्र्याक्टरहरू भोलिका रोटरियनहरू हुने बताउनुभयो। क्लबका अध्यक्ष एवं सचिवहरू र रोट्रयाक्ट अभियानमा लागेका युवाहरूले रोट्रयाक्टको माध्यमबाट आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्ने भएकाले यो अभियानमा जोडिन रोट्रयाक्ट बाहिर रहेका सबै युवाहरूलाई आग्रह गर्नुभयो। कार्यक्रमको सम्मानित अतिथि एवं वक्ताको रूपमा पूर्व डिस्ट्रिक्ट गभर्नर रविन्द्र कुमार पिया , सञ्जय गिरी तथा निर्वाचित डिस्ट्रिक्ट गभर्नर विनोद कोइराला रहनुभएको थियो। कार्यक्रमको बिशिस्ट अतिथिको रूपमा डिस्ट्रिक्ट गभर्नर नोमिनी बिष्णु बहादुर कार्की हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुको रूपमा रोटरी वर्ष २०२५ /२६ का डिआरसिसी चियर किशोर त्रिपाठी,डीआइआर दिप्सन अधिकारी रोट्रयाक्ट नेपालका प्रथम डीआरआर राजन पिया , पूर्व डीआरआर सुशील कुमार कार्की, निवर्तमान डीआरआर रोशन कार्की, निर्वाचित डीआरआर दिनेश गैरे , डीआरआर नोमिनि प्रकाश शर्मा , निर्वाचित डीआइआर, सुशान अधिकारी , रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्मा , संस्थापक अध्यक्ष निरञ्जन प्रधान लगायतको उपस्थिति रहेको थियो।

रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ का निर्वाचित अध्यक्ष दिनेश गैरेको स्वागत रहेको कार्यक्रममा रोटरी वर्ष २५ /२६ का लागि अध्यक्ष तथा सचिवहरूलाई महत्वपूर्ण विषयवस्तुमा केन्द्रित रहि फरकफरक सेसनमा राखी तालिम प्रदान गरिएको थियो। अध्यक्षहरूका लागि प्रशिक्षण उक्त कार्यक्रमका विभिन्न अतिथिहरूले प्रदान गर्नुभएको थियो भने सचिवहरूका लागि रोट्रयाक्ट डिस्ट्रिक्टका एडिआरआर चन्द्रभक्त अधिकारी , सचीव सुबिन खड्का र डीएलटी अर्जुन खड्काले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा बोल्दै डिआरआर बिक्रम क्षेत्रिले रोटरी वर्ष २५/ २६ लाई प्रभावकारि बनाउनका लागिअध्यक्ष र सचिवको भूमिकाको विषयलाइ प्राथमिकतामा राखी तालिम प्रदान गरिएको हुनाले यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै अझै महत्त्वपूर्ण  रोट्रयाक्ट गतिविधिहरु संचालन गर्नुपर्ने र  रोट्रयाक्टमा अझै युवा सहभागीता बढाउन सकिनेमा जोड दिनुभएको थियो । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का सचिब सुबिन खड्का, सुप्रिया खड्का र रोशन खरेलको संचालन रहेको कार्यक्रममा देशैभरबाट ६५० भन्दा बढीको सहभागीता रहेको रोट्रयाक्ट डिस्ट्रिक्ट मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.