काठमाडौंमा भारी वर्षा

काठमाडौंमा भारी वर्षा भएको छ। बिहानदेखि मध्य दिनसम्म घाम लागे पनि केही बेरअघि काठमाडौं उपत्यकामा भारी वर्षा भएको हो।

विष्णुमती नदी गोङ्गबु, जलमापन केन्द्रमा अहिले जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै अहिले मकवानपुरको मकवानपुरगढी र आसपासको क्षेत्रमा पनि ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस क्षेत्र भई बहने सम्रीलगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भागमा रहनेहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.