ज्योति पौडेल ।भाद्र १४
आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा हुने लगभग निश्चित छ। रुपन्देहीको क्षेत्र नम्बर २ बाट २०७४ को निर्वाचनमा भारि मतान्तरले बिष्णु पौडेलले बाजी मारेका थिए र सो क्षेत्र उनको पकेट क्षेत्रका रुपमा रहेको समेत सहजै मान्न सकिन्छ। तर २०७९ को निर्वाचनमा भने उनलाई टक्कर दिन स्वत्रन्त्र उम्मेद्वारी दिन तयार युवा निकै सक्रिय रहेको स्थानिय बिष्णु जिसी को भनाई छ। सामाजिक कार्यमा निकै सक्रिय तथा पेशा ले डाक्टर अर्घाखाँची जन्मघर भएका डा. निकोलस भुषालले बिष्णु पौडेललाई चुनौती दिदै मैदानमा आफ्नो युवाहरुको टिम लिएर निरन्तर लागिपरेको स्वत्रन्त्र राजनैतिक युवा समुहका युवा सुशील खनाल ले बताएका छन्। डा. निकोलस तथा विभिन्न संघ संस्था लगायतको टिमले श्रावण महिना भरि बोलबम मन्दिरमा निशुल्क चेक जांच तथा औषधी समेत को व्यवस्था गरेका थिए जसबाट करिब ६००० भन्दा बढी लाभान्भित भएका थिए। डा. निकोलस ले स्थानिय तहको निर्वाचनमा काठमाण्डौ का मेयर बालेंन शाह लाई जिताउन पनि आफ्नो भूमिका खेलेका थिए। रुपन्देहीमा उनले सक्षम, सचेत तथा शिक्षित युवाहरुको टिम बनाएर आफ्नो चुनाव को तयारि गरेको स्वत्रन्त्र राजनैतिक युवा समुहका युवा सुशील खनाल ले बताए।
