बुटवल | भाद्र ३१, स्वतन्त्र तथा वैकल्पिक शक्ति को “लौरो अभियानले” लुम्बिनी प्रदेशमा स्वतन्त्र उम्मेदवारहरुले लौरो चुनाव चिन्ह लिएर चुनाव लड्ने घोषणा गरेका छन। भाद्र ३१ गते अभियानका लुम्बिनी प्रदेश समिती को आयोजनामा राखिएको एक कार्यक्रममा उम्मेदवार हरुले घोषणा गरेका हुन। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले लुम्बिनी प्रदेश सहित अन्य प्रदेशका केही उम्मेदवारहरुको घोषणा गरेको छ ।
रुपन्देही जिल्ला बाट प्रतिनिधि सभा सदस्य अन्तर्गत क्षेत्र न. १ बाट विशाल वास्कोटा, २ बाट डा. निकोलस भुसाल, ३ बाट अधिवक्ता प्रख्यात बन्जाडे, ५ बाट भिष्म राना तथा प्रदेश सभा तर्फ क्षेत्र न. ४ अन्तर्गत (ख) मा सन्जय कुमार मिश्र र क्षेत्र न. ५ को (क) मा कमल ढकालले ले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन। साथै कपिलवस्तु क्षेत्र न. १ बाट ई. देवेन्द्र कुमार शर्मा र प्युठान बाट रामचन्द्र के सि ले प्रतिनिधि सभा सदस्यमा आफ्नो चुनाव चिन्ह लौरो लिएर प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन। उम्मेदवारी घोषणा कार्यक्रममा घिमिरेले सक्षम र योग्य युवाहरुलाई निर्वाचित गरेर देश बनाउने संकल्पसहित लौरो अभियान सुरु भएको भन्दै पुराना दल र नेताहरुबाट समृद्धि र सुशासन सम्भव नहुने बताए । उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमीले सत्तामा रहेका दलहरुमा गठबन्धनको अहंकार रहेको र दलीय सर्वसत्तावाद लादेको भन्दै नागरिकहरु यस दलदलबाट मुक्त भए मात्रै सकारात्मक परिवर्तन आउन सक्ने बताए । कार्यक्रम, अभियानका लुम्बिनी संयोजक ईशा खड्का को अध्यक्षतामा भएको थियो।
