लामो समय कम्युनिस्ट राजनिती गरेका घनश्याम भुषालले पार्टी परित्याग गरेको घोषणा सामाजिक सन्जाल मार्फत गरेका छन। उनले नेकपा एमाले मा रहेर विभिन्न जिम्मेवारी समाल्दै आएका नेता हुन। उनले आफ्नो फेसबूक पेजमा एखेका छन, “देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो । र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।
नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु ।
कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।
घनश्याम भूसाल
मणिग्राम, रुपन्देही
२०७९ असोज २२”
नेकपा एमाले पार्टी परित्याग गरेका भुषालको आगामी राजनीति यात्रा कस्तो हउने बारे अझै खुलाएका छैनन। रुपन्देही को क्षेत्र नमबर ३ बाट सांसद बनेका भुषाल अब कुनै पार्टी प्रवेश गर्छन वा स्वतन्त्र उम्मेदवारी दिन्छन त्यो भने हेर्न बाकी छ। धेरैको अनुमान अनुसार उनी रुपन्देही क्षेत्र नमबर १ बाट स्वतन्त्र उम्मेदवारी दिदै छन तर त्यो आधिकारिक भने होइन। भुषालको आधिकारिक वक्तव्य आउन बाकी नै छ। आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा को निर्वाचनको लागि २३ असोज २०७९ आइतबार उम्मेदवार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। घनश्याम सङै एमाले कै नेता गंगा चौधरी पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी रहेको बताएकी छिन।

