कार्तिक १४। बुटवल
आगामी मंसिर ४ गते हुन गई रहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि सबै दलहरुले जनतालाई आकर्षक गर्ने घोषणा पत्र जारी गर्ने क्रम तिव्र रहेको छ। सोहि क्रममा राजेन्द्र लिंग्देन अध्यक्ष रहेको राप्रपाले आफ्नो घोषणा पत्र “प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ प्रतिबद्धता” जारी गरेको छ। उक्त प्रतिबद्धतामा राप्रपाले विभिन्न शिर्षक अन्तर्गत राखेर आफ्ना एजेन्डा प्रस्तुत गरेको छ। दीर्घकालीन मार्गचित्र अन्तर्गत समुन्नत नेपाल, निशुल्क स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा-न्याय जस्ता विषय उल्लेख गरेको छ। तेसै गरी शासकीय स्वरुप अन्तर्गत अभिभावकीय संस्थाको रुपमा राजसंस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, एक व्यक्तिले दुई कार्यकाल भन्दा बढी पार्टी अध्यक्ष वा प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने जस्ता विषय लाई समेटेको छ।

बरु नष्ट हुन्छु, भ्रष्ट हुदैनौ भन्ने नारा सहित उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्च पदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने, अवैध सम्पत्ति जफत गर्ने, भ्रष्टाचारमुक्त तथा जवाफदेहिता पारदर्शी शासन पद्धति लागु गर्ने कानुनि व्यवास्था गर्ने उल्लेख गरेको छ। यो संगै प्रवासी नेपालीलाई मताधिकार प्रयोग गर्न पाउने व्यवस्था समेतको प्रतिबद्धता घोषणा पत्रमा लेखेको छ। कृषि क्षेत्रलाई मध्ये नजर राखी किसानहरुलाई सहुलियत दरमा कर्जा प्रवाह, निर्यातमूलक कृषिजन्य उत्पादनमा जोड, एक स्थानीय तह एक उत्पादनको अवधारणालाई प्राथमिकता, कृषि तथा बालीको बिमा व्यवस्था जस्ता कुरालाई अगाडी सारेको छ।

राप्रपाले “नेपाल बन्द” जस्ता कार्यक्रम कहिल्यै नगर्ने प्रतिबद्धता गरेको छ। साथै महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, उत्पिडित, सिमान्तकृत, यौनिक तथा लैंगिक अल्पसंख्यक तह अन्त्य गरि सामाजिक सुरक्षा को सुनिश्चितता समेत गर्ने प्रतिबद्धता जनाएको छ। साथै पृथ्वी जयन्ती लाई राष्ट्रिय एकता दिवस र राष्ट्रिय पर्वको रुपमा मनाईने व्यवस्था गरिने जस्ता अनेक विषय जसले जनताको मत आफु तिर खिच्न सकोस सो विषयलाई राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।
