गृहमन्त्री खाँण संग चुनावी प्रतिस्पर्धा गर्ने प्रख्यात बन्जाडे को हुन् ।खबर बुटवल

कार्तिक १६। बुटवल

आगामी मङ्सिर ४ गते हुन गई रहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनको माहोल निकै तातेको छ। लुम्बिनी प्रदेशको रुपन्देहीको हकमा निकै रोचक प्रतिस्पर्धा हुने आंकलन गरिएको छ। रुपन्देहीको क्षेत्र नम्बर ३ लाई निकै चासोका साथ हेरिएको छ, किन भने सो क्षेत्रमा गठबन्धन को तर्फबाट नेपाली कांग्रेसका नेता एवं वर्तमान गृहमन्त्री बालकृष्ण खाँण, राप्रपाका दिपक बोहोरा र लौरो चुनाव चिन्ह लिएर अधिवक्ता प्रख्यात बन्जाडे प्रतिस्पर्धामा छन्।

को हुन् त लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका प्रख्यात?

बाबु पशुपति बन्जाडे तथा आमा भुवनेश्वरी बन्जाडेको कोखबाट भैरहवाको भीम अस्पतालमा जन्मिएका प्रख्यात बन्जाडेको हाल को ठेगाना सिद्धार्थ नगरपालिका-०८ भैरहवा रहेको छ। प्रख्यातले कक्षा दश सम्मको अध्ययन श्री ५ ईन्द्र राज्य लक्ष्मी मा.वी. भैरहवामा गरे र सो पश्चात आई.एल. को पढाई पनि भैरहवामै गरे। सिविल सब ओभर सियर समेतको अध्ययन गरेका प्रख्यातले स्नातक (बि ए) को अध्ययन भैरहवा बहुमुखी क्याम्पस बाट सकाए भने सोहि क्याम्पस बाट स्नातकोत्तर (एम ए समाजशास्त्र) समेत गरेका छन्।

साथै एम ए ए बि बुद्धिजम अध्ययन अन्तर्गत शोधपत्र बुझाउने प्रक्रियामा रहेका छन्। सानै उमेर देखि सामाजिक कार्यमा सक्रिय प्रख्यातले धेरै देश विदेश भ्रमण को अवसर समेत पाएका छन्।

उनले थाइलेण्ड, सिंगापुर, बंगलादेश, पाकिस्तान, यु ए ई, श्रीलंका, भारत, मयन्मार, भियतनाम, कम्बोडिया र बेलायतको भ्रमण गरेका छन्।

सामाजिक अभियानताका रुपमा प्रख्याताले गरेका काम के हुन् ?

सन् १९९८ मा नेपालको कालापानी भूभाग मिचिएको विषयलाई लिएर तत्कालिन यु एन ओ का महासचिव कोफी अन्नानलाई बिन्तीपत्र लेखि जवाफ समेत पाएको।

कोभिडको जोखिमयुक्त समयमा जनउत्थानले संचालन गरेको कृषि एम्बुलेन्स भैरहवामा लगातार गरेको। भैरहवाको भीम अस्पताल लगायत अन्य ठाउँमा अक्सिजन अभावको अवस्थामा अक्सिजन व्यवस्थापनमा खटिएको।

रुपन्देहीमा भएको टिप्पर आतंक सम्बन्धि दुर्घटना न्यूनीकरणमा पहल गरि मिति २०७८ बैशाख ९ गते गृहमन्त्रालय र सरोकार निकायलाई परिपत्र गरेको।

एशियाली विकास बैंक र क्लिन इनर्जी डेभेलोपमेन्ट प्रोजेक्ट मार्फत आएको बिद्धुतिय बस संचालनको लागि महत्वपुर्ण भूमिका खेलेको। सामाजिक कुरीति, विसंगति, भ्रष्टाचार विरोधी अभियानमा संलग्न। छाडा गाई बस्तु चौपाया व्यवस्थापन का लागि सिद्धार्थ नगर पालिकालाई जनस्तरबाट व्यापक दवाब दिएको। साथै नेपाल भारत सिमानामा तार बार लगाउनुपर्छ भन्ने अवाज समेत उनले उठाउदै आएका छन्।

आगामी चुनावको लागि प्रख्यातका मुख्य एजेण्डाहरु के छन् त (तस्वीरमा)

तस्वीर स्रोत :प्रख्यात बन्जाडे द्वारा उपलब्ध

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.