कार्तिक २२ ।सुशील खनाल
कांग्रेसको ४ तारे झण्डा सहित भारतीय नम्बर (UP 56 M 0050) प्लेटको गाडी कांग्रेस नेताको चुनाव प्रचार प्रसारमा व्यस्त देखिएको छ। रुपन्देही जिल्लाको क्षेत्र नम्बर ५ सूर्यपुरा नजिकै मैनिया भन्ने ठाउँमा कार्तिक २१ गते करिब ९:५६ को समयमा भारतीय नम्बर प्लेटको सेतो स्कोरपियोमा अगाडि रुख र चार तारे झण्डा तथा साइड र पछाडिको भागमा कांग्रेसको चुनावी स्टिकर सहित प्रचार प्रसारमा देखिको छ। प्रत्यक्षदर्शीका अनुसार उक्त सवारी साधनको प्रयोग कांग्रेस नेता भरत शाह ले गरेका छन्।

निर्वाचन आचार संहिता अनुसार चुनावी प्रयोजन को लागि बिदेशी गाडीको प्रयोग गैरकानुनी रहेको छ। उक्त क्षेत्र बाट कांग्रेस नेता भारत शाह गठबन्धन को तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका छन्।

यसरी भारतीय नम्बर प्लेटको सवारी साधनको प्रयोग चुनावी प्रचार प्रसारमा हुनु निर्वाचन आयोगलाई चेतावनी दिनु समेत रहेको स्थानीयहरुले बताएका छन्। “डडेलधुरामा सागर ढकाल लाई माइकिङ्ग समेत गर्न रोक्ने आयोगले रुपन्देहीको यो विषय मा के कस्तो प्रतिक्रिया दिने हो त्यो भने हेर्न बाकि छ” भनेर स्थानिय युवाहरुको भनाई छ। सोहि क्षेत्र बाट एमालेका नेता बासुदेव घिमिरे र लौरो चुनाव चिन्ह लिएका भिष्म राना समेत चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यस क्षेत्रको चुनावी माहोल पनि निकै रोचन हुने देखिन्छ। जनताले वैकल्पिक राजनीति तर्फ चासो देखाएका कारण स्थापित दलहरुलाई चुनाव जित्न सहज भने पक्कै छैन।
