रुपन्देही -२ बाट एमाले उपाध्यक्ष बिष्णु प्रसाद पौडेल निर्वाचित |खबर बुटवल

मंसिर ०९ ।बुटवल

रुपन्देही क्षेत्र नम्बर-२ बाट एमाले उपाध्यक्ष बिष्णु प्रसाद पौडेल निर्वाचित भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै एमाले उपाध्यक्ष बिष्णु पौडेल बिजयी भएका छन्। पौडेलले २७,१४७  मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गणेश पौडेलले भने २५,७८१ मत प्राप्त गरेका थिए । बिष्णु पौडेल र गणेश पौडेल बिचको मतान्तर १३६६ मात्र रहेको निर्वाचन कार्यालयले जनाएको छ। साथै सत्ता गठबन्धनका केशव बहादुर थापा (सुर्यवंशी) ले २२००८ मत प्राप्त गरेका छन् । कुल १,२६, ८०७ मतदाता रहेको रुपन्देही क्षेत्र नं. २ मा ८१,२०२ मत खसेको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.