रास्वपा का सभापती रवी लामिछानेले सम्हाले उप-प्रधानमंत्री सहित गृहमंत्रीको जिम्मेवारी ।खबर बुटवल

पौष १० ।बुटवल

जिल्ला चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित राष्ट्रीय स्वतन्त्र पार्टीका सभापती रवी लामिछाने उप-प्रधानमंत्री सहित गृहमंत्री नियुक्त भएका छन्। लामिछानेले सोमबार सो पदको सपथ ग्रहण गरेका हुन्। सुरुवाती चरणमा लामिछानेले माओवादी अध्यक्ष प्रचण्ड विरुद्ध चितवन–३ मा चुनाव लड्ने संकेत पनि गरेतापनि प्रचण्ड गोरखा–२ तिर लागेपछि रवि चितवन–२ मा चुनाव लड्न पुगे र अत्याधिक मतान्तरले विजयी भएका थिए। रवि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका हुन्। 

पछिल्लो चरणमा ग्यालेक्सी 4K टिभि च्यानल बाट बिदा भई राजनीति सुरु गरेका रवी ले छोटो समयमै ठुलो फड्को मारेको सहजै आंकलन गर्न सकिन्छ। रवी लामिछानेको सरकारमा सहभागीता लाई लिएर दुई मत रहेका छन्। एक पक्षले सत्ताको लोभमा पर्नु हुदैनथ्यो भनेर भनेका छन् भने अर्को पक्षले सरकारमा गएर रवीले सकारात्मक परिवर्तन गर्ने छन् भन्ने धारणा व्यक्त गरेका छन्। रवीले संचार क्षेत्रमा ख्याति प्राप्त गरेतापनि राजनीतिमा कति सफल हुन्छन त्यो भने हेर्न बाकि रहेको सर्वसाधारणको भनाई एवं सामाजिक संजाल मा चर्चा भई रहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.