प्रचण्ड नेतृत्वको सरकारमा ४ जना उप-प्रधानमंत्री सहित २३ सदस्यीय मन्त्रिमण्डल (सुची सहित)।खबर बुटवल

माघ ०३ ।बुटवल

पुष्प कमल दाहाल “प्रचण्ड” नेतृत्वको सरकारमा कुल २३ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ। उक्त मन्त्रिमण्डलमा ४ जना उपप्रधानमन्त्री, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री बनेका छन्। रवि लामिछाने, बिष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन्। ४ उपप्रधानमन्त्रीमध्ये तीन जनाले पुस ११ गते नै सपथ लिएका थिए भने लिङ्देनले माघ ०३, मंगलबार सपथ लिएका हुन्। राष्ट्रपतिको कार्यालय अनुसार मन्त्रिपरिषदको वरीयताक्रममा अर्थ मन्त्रालयको जिम्मेवारी पाएका बिष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन्। रास्वपा का रवि लामिछाने ले उपप्राधानामंत्री सहित गृहमन्त्रीको जिम्मेवारी सम्हालेका चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा रहेका छन्। उक्त मन्त्रिमण्डलमा अधिकांश मन्त्रि हरु राजनीतिमा नयाँ अनुहारको रुपमा समेत रहेका छन् तसर्थ नव नियुक्त मन्त्रीहरुको लागि अबको कार्यकाल निकै चुनौतीपूर्ण समेत हुने देखिन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमानिम्नबमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो।

क्र.सं.नाम, थरपदकार्यविभाजन
 १.पुष्पकमल दाहाल “प्रचण्ड”प्रधानमन्त्रीवन तथा वातावरण; युवा तथा खेलकुद
 २.विष्णुप्रसाद पौडेलउपप्रधानमन्त्रीअर्थ
 ३.नारायणकाजी श्रेष्ठउपप्रधानमन्त्रीभौतिक पूर्वाधार तथा यातायात
४.रबि लामिछानेउपप्रधानमन्त्रीगृह
 ५.राजेन्द्रप्रसाद लिङ्देनउपप्रधानमन्त्रीऊर्जा, जलस्रोत तथा सिँचाई
 ६.रेखा शर्मामन्त्रीसञ्‍चार तथा सूचना प्रविधि
 ७.विक्रम पाण्डेमन्त्रीशहरी विकास
८.ज्वाला कुमारी साहमन्त्रीकृषि तथा पशुपंक्षी विकास
९.दामोदर भण्डारीमन्त्रीउद्योग, वाणिज्य तथा आपूर्ति
१०.राजेन्द्रकुमार राईमन्त्रीभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
११.अब्दुल खानमन्त्रीखानेपानी
१२.डा. विमला राई पौड्यालमन्त्रीपरराष्ट्र
१३.पदम गिरीमन्त्रीस्वास्थ्य तथा जनसङ्‌ख्या
१४.भगवती चौधरीमन्त्रीमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५.हरिप्रसाद उप्रेतीमन्त्रीरक्षा
१६.सुदन किरातीमन्त्रीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७.अमनलाल मोदीमन्त्रीसङ्घीय मामिला तथा सामान्य प्रशासन
१८.शिशिर खनालमन्त्रीशिक्षा, विज्ञान तथा प्रविधि
१९.डोलप्रसाद अर्यालमन्त्रीश्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०.ध्रुवबहादुर प्रधानमन्त्रीकानुन, न्याय तथा संसदीय मामिला
२१.सुशिला सिर्पाली ठकुरीराज्यमन्त्रीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२२.डा. तोसिमा कार्कीराज्यमन्त्रीस्वास्थ्य तथा जनसङ्‌ख्या
२३.दिपक बहादुर सिंहराज्यमन्त्रीऊर्जा, जलस्रोत तथा सिँचाई
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.