बुटवल-१३ मा रास्वपाको प्रथम वडा स्तरीय भेला सम्पन्न, संयोजकमा विशाल थापा

बैशाख ३०| बुटवल

बुटवल उप महानगरपालिका वडा-१३ बेलबासमा बैशाख ३० गते शनिबार रास्वपा को प्रथम वडा स्तरीय भेला सम्पन्न भएको छ। उक्त भेलामा नगर कमिटीका जिम्मेवार व्यक्ति तथा वडा नम्बर १३ का स्थानीय भद्र भलाद्मी, व्यवसायीहरु, सचेत महिला तथा शिक्षित युवा वर्गको बाक्लो उपस्थिति रहेको थियो। सो भेला नगर सभापति राजेन्द्र पाण्डे को अध्यक्षता र लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उक्त भेलाले युवा तथा शिक्षित व्यवसायी विशाल थापा को संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति चयन गरेको छ। विशाल थापा पोल्ट्री व्यवसायमा लामो समय देखि आबद्ध रहेका छन।

समय सापेक्ष पुराना दलहरुले देशको सकारात्मक परिवर्तन सम्भव नदेखिएको हुनाले अब वैकल्पिक राजनैतिक शक्तिको रुपमा उदाउंदो रास्वपाले जनचाहना अनुरुप काम गर्ने बताउछन संयोजक विशाल थापा।

गत स्थानीय तहको निर्वाचनमा लगातार दुई कार्यकालमा कांग्रेसको पकड क्षेत्र रहेको वडामा रास्वपाको भेला आयोजना गरिएको र सो भेलामा उल्लेखनीय उपस्थिति रहेको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.