मालारानी गाउँपालिकाले शिक्षक र कर्मचारीलाई भन्यो, कि जागिर छाड! कि राजनीति!

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले २०८० जेठ २ गतेको चलानी नम्बर १९३९ को पत्र सहित सुचना निकालेर मालारानी गा पा भित्र कार्यरत कर्मचारी र शिक्षकलाई दलीय राजनीति मा आबद्ध नहुन चेतावनी दिएको छ। राष्ट्र सेवक कर्मचारी र शिक्षकहरु विभिन्न राजनीतिक दलको भातृ संगठनको विभिन्न सांगठनिक पद तथा जिम्मेवारीमा कार्यरत भएको र राजनितिक दलका गतिविधीहरुमा प्रत्यक्ष संलग्न भई सहभागि भएको प्रमाण समेत कार्यालयले फेला पारेको जनाएको छ। राष्ट्र सेवक कर्मचारी र शिक्षकहरुलाई या त सरकारी पेशा बाट राजिनामा दिनु वा राजनितिक दलको पदबाट राजिनामा दिएर कुनै एउटा पदमा रहको लिखित जानकारी जेठ ७ गते सम्म कार्यालमा पेश गर्न भनिएको छ। यदि समयसिमा भित्र लिखित राजिनामा प्राप्त नभएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो।

राष्ट्र सेवक कर्मचारी र शिक्षकहरु राजनितिक दलमा आबद्ध हुनु दुखद कुरा हो। सरकारी तलब भत्ता खाने कर्मचारी तथा शिक्षक जस्तो गरिमामय पेशा अंगालेका व्यक्तिहरु राजनितिक दलमा आबद्ध हुदा पारदर्शी सेवा प्रदानमा खलल पुग्न सक्ने भन्दै तलब जनताको करबाट बुझ्ने तर काम पार्टीको गर्ने गर्दा सेवाग्राहीहरु मर्कामा परेको स्थानीयको भनाई रहेको छ। साथै सामुदायिक शैक्षिक संस्थाको गुणस्तरमा बाधा पुग्न जाने अभिभावक हरुको भनाई रहेको छ। राजनैतिक दलको सभा तथा बैठकमा कर्मचारी र शिक्षकहरुको सहभागिता रहने तर कहिं कतै हस्ताक्षर नगरि आफ्नो सहभागिता नरहेको भनेर चोखिन खोजेतापनि सामाजिक संजालका सामुहिक तस्विरहरुबाट भने अछुतो रहन सकेका छैनन्।

पालिकाको यो निणर्यको चौतर्फी प्रशंसा समेत भएको छ, कार्यान्वयन भने के कतिको प्रभावकारी ढंगबाट हुने हो त्यो भने हेर्न बाकि नै छ। प्रमाण समेत फेला परेको जानकारी पालिकाले दिई सकेको हुदाँ कुनै एक पदबाट राजिनामा नदिनेहरुको हकमा कारवाही गर्नै पर्ने बाहेक विकल्प नरहेको स्थानीयहरुको भनाई रहेको छ।

यस विषयमा khabarbutwal.com निरन्तर फलोअपमा रहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.